Logo

बुधवार, कार्तिक १२ गते २०८३

झापामा कम्युनिष्ट पार्टीका दुई उम्मेदवारबीच मनोनयनका क्रममा रोचक संवाद

झापामा कम्युनिष्ट पार्टीका दुई उम्मेदवारबीच मनोनयनका क्रममा रोचक संवाद

जोईन खबर

७, माघ २०८२
  • 526
    SHARES
  • झापामा कम्युनिष्ट पार्टीका दुई उम्मेदवारबीच मनोनयनका क्रममा रोचक संवाद

    ७ माघ काठमाडोँ । झापा ५ मा हिजो मनोनयन दर्ताका क्रममा कम्युनिष्ट पार्टीका दुई उम्मेदवारबीच भएको रोचक तथा तिखो संवाद अहिले चर्चाको विषय बनेको छ। पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली र युवा उम्मेदवार तामाङबीच मनोनयन दर्ताका क्रममा भएको भनाभनले राजनीतिक वृत्तमा हलचल मच्चाएको छ।

    images

    मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा भेट भएपछि ओलीले तामाङलाई देख्नेबित्तिकै आश्चर्य व्यक्त गर्दै सोधे, “ए बाबु पनि उम्मेदवार हो रु” ओलीको प्रश्नमा तामाङले शालीन तर स्पष्ट जवाफ फर्काउँदै भने, “हो, २०७४ मा तपाईंलाई चुनाव जिताउन भोट मागेको थिएँ, अहिले मैदानमा आफैं आएको हुँ।”

    images
    images
    images

    त्यसपछि ओलीले तामाङलाई उम्मेदवारी फिर्ता लिन सुझाव दिँदै अझै पनि सोच्ने समय रहेको बताए। “अझै पनि उम्मेदवारी फिर्ता गर्ने समय छ, विचार गर्दा हुन्छ,” ओलीले भनेको प्रत्यक्षदर्शीले बताएका छन्।

    तर तामाङले ओलीको सुझावलाई कडा शब्दमा अस्वीकार गरे। उनले २०७४ को जनमतको सम्मान नभएको आरोप लगाउँदै भने, “तपाईंले २०७४ को जनमतको सम्मान गर्न सक्नुभएन, त्यसैले युवा आवाजको सम्बोधन गर्न म मैदानमा आएको हुँ। तपाईंको उमेर पनि अब भत्ता खाएर आराम गर्ने भइसक्यो।”

    उमेरको विषय उठेपछि ओली रिसाएको देखिएको प्रत्यक्षदर्शीहरू बताउँछन्। त्यस क्रममा ओलीले तामाङलाई चुनौतीपूर्ण शैलीमा भने, “पञ्जा लडाइँ खेल्ने हो रु”ओलीको उक्त अभिव्यक्तिमा तामाङले व्यङ्ग्यात्मक तर संयमित जवाफ दिए। उनले भने, “नमस्कार१ जेष्ठ नागरिकसँग कुस्ती खेल्ने मेरो संस्कार छैन।”

    संवाद चर्किएपछि दुवै नेता थप बहस नगरी आ–आफ्नो बाटो लागेको बताइएको छ। उक्त घटनाले झापाको चुनावी माहोल थप तातिएको संकेत दिएको छ भने सामाजिक सञ्जालमा समेत यो संवाद व्यापक रूपमा फैलिएको छ।

    राजनीतिक विश्लेषकहरूका अनुसार यो संवादले पुराना नेताहरू र उदाउँदै गरेका युवाबीचको पुस्तागत तथा विचारगत अन्तर स्पष्ट रूपमा उजागर गरेको छ। आगामी निर्वाचनमा झापाको प्रतिस्पर्धा झनै रोचक हुने संकेत यस घटनाले दिएको उनीहरूको भनाइ छ।

    प्रकाशित मिति :माघ ७, २०८२ बुधवार - ११:३१:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको