Logo

बुधवार, कार्तिक १२ गते २०८३

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयारी पूरा गर्ने

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयारी पूरा गर्ने

जोईन खबर

८, माघ २०८२
  • 547
    SHARES
  • निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयारी पूरा गर्ने

    ८ माघ काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र वितरण तयारी पूरा गर्ने जनाएको छ। आयोगका अनुसार, फागुनको पहिलो हप्ताभित्र देशभरका सबै मतदान केन्द्रमा मतपत्र पुर्याइनेछ।

    images

    निर्वाचन आयोगका अधिकारीहरूले भने, “हामीले मतपत्र समयमै सम्पूर्ण मतदान केन्द्रमा पुर्‍याउने सुनिश्चितता गरेका छौँ। यसले निर्वाचन प्रक्रिया सहज र पारदर्शी बनाउन सहयोग पुर्‍याउनेछ।”

    images
    images
    images

    आयोगले मतदाता सूची, मतदान केन्द्र व्यवस्थापन र सुरक्षा जस्ता अन्य तयारीहरू पनि समयमै सम्पन्न हुने जनाएको छ। यसअघि निर्वाचन आयोगले मतपत्र छपाइको काम अन्तिम चरणमा रहेको र आवश्यक सबै सुरक्षा प्रक्रिया पुरा भइसकेको जनाएको थियो।

    फागुन २१ गते हुने निर्वाचनमा जनताले आफ्नो मत प्रयोग गर्न सहज वातावरण मिलाउन आयोगले सबै तहमा तयारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

    प्रकाशित मिति :माघ ८, २०८२ बिहिवार - २१:३७:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको