Logo

बुधवार, कार्तिक १२ गते २०८३

मधेस प्रदेशको राजधानी जकपुर हुदै आज काठमाडौँ आई पुगे बालेन

मधेस प्रदेशको राजधानी जकपुर हुदै आज काठमाडौँ आई पुगे बालेन

जोईन खबर

१०, माघ २०८२
  • 514
    SHARES
  • मधेस प्रदेशको राजधानी जकपुर हुदै आज काठमाडौँ आई पुगे बालेन

    १० माघ काठमाडौँ । काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएर सोझै मधेस प्रदेशको राजधानी जकपुरको सभामा सहभागी भएका बालेन त्यसको ७ दिनपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन् । जनकपुरमा सभा गरेर उनले मेधेस प्रदेशमा केही भेटघाटका कार्यक्रमहरू गरे, त्यसपछि भने उनले आफ्नो ध्यान कोशी प्रदेशमा केन्द्रित गरे ।

    images

    माघ ५ गते साँझ कोशी प्रदेश प्रवेश गरेका उनी उक्त दिन उर्लाबारी नगरपालिका–७ पशुपतिमार्गमा रहेको आफ्नो ससुरालीमा बसे ।त्यसको भोलिपल्ट बिहान केही भेटघाट गरेर उनी झापा निर्वाचन क्षेत्र ५ मा उम्मेदवारी दिन पुगे । उक्त दिन उनले उम्मेदवारी दिएर समर्थकहरूलाई भेटघाट गर्दै दमकमै बसेका थिए । भोलिपल्ट उनले आफ्नो निर्वाचन क्षेत्रका मात्रै होइनस झापा, सुनसरी र मोरङका ३ हजार बढी समर्थक र शुभचिन्तकलाई आफू बसेकै स्थानमा दमक–५ स्थित लक्की सिटौलाको घरमा भेटघाट गरे ।त्यसपछि साँझ ४ बजे इलाम उक्लिएका उनले इलाम सदरमुकाममा बास बसे र समर्थकहरूलाई भेटे ।

    images
    images
    images

    भोलिपल्ट माघ ८ गते ताप्लेजुङको सदरमुकाम पुगेका उनले आफ्ना समर्थक र शुभचिन्तकहरूलाई भेटघाट गरेर पाथीभरा मन्दिरको दर्शनका लागि त्यसतर्फ प्रस्थान गरे, त्यस दिन माथिल्लो फेदीमा बास बसेका बालेन भोलिपल्ट ९ गते पाँचथर हुँदै तेह्रथुम लागे ।तेह्रथुममा पनि समर्थकहरूसँग भेटघाट गर्दै बालेन शनिबार ९१० गते० संखुवासभा पुगेका थिए । अन्य जिल्लामा औपचारिक रूपमा सामान्य कार्यक्रममा व्यक्तिगत कुराकानी गरेको भए पनि सामूहिक मन्तव्य नराखेका बालेनका तेह्रथुम र संखुवासभाका उम्मेदवारसँगै राखेर सामान्य कार्यक्रम भएको थियो ।

    शनिबार बिहान संखुवासभाको कार्यक्रम सकेर बालेन धनकुटा आइपुगेका थिए । धनकुटाको भीमनारायण चोकबाट पैदल हिँड्दै मदन चोकसम्म मतदाता र समर्थकसँग भेट्ने कार्यक्रम तय भए पनि उनी धनकुटा सदरमुकाम सवारीबाटै परिक्रमा गर्दै फर्केका थिए ।त्यसपछि उनले सुनसरीको इटहरीमा समर्थकलाई गाडीबाटै हाइहेल्लो गरे । साँझ विराटनगर आइपुगेका उनले आफ्ना समर्थक र केही उम्मेदवारसँग भलाकुसारी गरे । त्यससँगै आजै साँझ उनी विराटनगरबाट काठमाडौँ लागेका छन् ।

     

    प्रकाशित मिति :माघ १०, २०८२ शनिवार - २२:०३:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको