Logo

बुधवार, कार्तिक १२ गते २०८३

पब्लिक डिबेटका लागि तयार छौँ :  नेकपा (एमाले)

पब्लिक डिबेटका लागि तयार छौँ :  नेकपा (एमाले)

जोईन खबर

११, माघ २०८२
  • 376
    SHARES
  • पब्लिक डिबेटका लागि तयार छौँ  :  नेकपा (एमाले)

    ११ माघ काठमाडौँ । आगामी निर्वाचन नजिकिँदै गर्दा देशका नयाँ तथा पुराना सबै राजनीतिक दलहरू चुनावी मैदानमा होमिएका छन् । देश जलाउने र देश बनाउने पक्षबीचको प्रतिस्पर्धामा नेकपा (एमाले) देश निर्माणको एजेण्डा लिएर अघि बढिरहेको बताइएको छ ।

    images

    यतिबेला सार्वजनिक बौद्धिक वृत्त तथा नागरिक समाजबाट प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच पारदर्शी र सार्वजनिक बहस (पब्लिक डिबेट) गरिनुपर्ने माग उठिरहेको छ । सामाजिक सञ्जालमा फ्रेमिङ गरेर ल्याइने प्रचार सामग्रीमार्फत मतदातालाई प्रभावित पार्ने प्रवृत्ति बढ्दै गएको भन्दै वास्तविक एजेण्डा र चरित्र सार्वजनिक बहसमार्फत स्पष्ट हुनुपर्ने आवाज बलियो बन्दै गएको हो ।

    images
    images
    images

    यसपटकको निर्वाचनमा देशको इतिहासमा महत्वपूर्ण भूमिका खेलेका पुराना दलदेखि अघिल्लो निर्वाचनपछि खुलेका र हालसालै गठन भएका नयाँ दलहरू समेत प्रधानमन्त्रीको उम्मेदवार तोकेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तो अवस्थामा देशको नेतृत्व गर्न चाहने दलहरूको एजेण्डा के हुन्, विगतमा उनीहरूले के कस्तो काम गरे, र अब देश निर्माणका लागि कस्तो रोडम्याप, योजना र खाका ल्याएका छन् भन्ने प्रश्नहरू स्वाभाविक रूपमा उठिरहेका छन् ।

    सार्वजनिक रूपमा उठेका यस्ता गम्भीर प्रश्नहरूको उत्तर आमने–सामने बहसमार्फत दिनु लोकतन्त्रको स्वस्थ अभ्यास भएको उल्लेख गर्दै नेकपा (एमाले) ले पब्लिक डिबेटको मागलाई सकारात्मक रूपमा लिएको जनाएको छ । पार्टीका तर्फबाट यस्तो बहसमा उभिएर विगतमा गरिएका कामहरूको तथ्य प्रस्तुत गर्न र आगामी दिनमा कसरी काम गरिन्छ भन्ने स्पष्ट एजेण्डा राख्न आफू पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता व्यक्त गरिएको छ ।

    चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत भएका सबै दलका नेताहरूलाई एउटै मञ्चमा उभ्याएर सिधा प्रश्न सोधिने र जवाफ दिने वातावरण बनाउनुपर्नेमा जोड दिँदै नेकपा (एमाले) ले यस्तो पब्लिक डिबेट आयोजना गर्न सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ । पारदर्शी बहसमार्फत जनतालाई सचेत निर्णय गर्न सहयोग पुग्ने विश्वास पार्टीले व्यक्त गरेको छ ।

    प्रकाशित मिति :माघ ११, २०८२ आइतवार - ११:०८:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको