Logo

बुधवार, कार्तिक १२ गते २०८३

संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

जोईन खबर

११, माघ २०८२
  • 466
    SHARES
  • संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

    ११ माघ काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ। आइतबार काठमाडौंको कान्तिपथस्थीत आयोगको कार्यालयमा स्थापना गरिएको संयुक्त निर्वाचन सञ्चालन केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गरे।

    images

    आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यसहित आयोगका सचिवको संयोजकत्वमा सञ्चालन हुने केन्द्रमा गृह मन्त्रालय, सेना, प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत चारवटै सुरक्षा निकायका प्रतिनिधि रहने व्यवस्था गरिएको आयोगले जनाएको छ।

    images
    images
    images

    देशभर स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणका आधारमा सुरक्षा निकायसँग समेत समन्वय गरी निर्वाचनसम्बन्धी वस्तुस्थितिको जानकारी गराउने काम केन्द्रले गर्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जानकारी दिए। उनले निर्वाचन क्षेत्रमा देखापर्ने समस्यालाई समाधान गर्ने काम समेत केन्द्रको समन्वयबाट हुने बताए। भण्डारीले संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा अनुभवी व्यक्तिहरूलाई समावेश गरेकाले प्रभावकारी रूपमा समस्या समाधान हुने विश्वास व्यक्त गरे। 

    प्रकाशित मिति :माघ ११, २०८२ आइतवार - १७:०९:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको