Logo

बुधवार, कार्तिक १२ गते २०८३

वाइसिएलका उपाध्यक्ष प्रेम श्रेष्ठ रास्वपामा प्रवेश

वाइसिएलका उपाध्यक्ष प्रेम श्रेष्ठ रास्वपामा प्रवेश

जोईन खबर

१२, माघ २०८२
  • 463
    SHARES
  • वाइसिएलका उपाध्यक्ष प्रेम श्रेष्ठ रास्वपामा प्रवेश

     १२ माघ काठमाडौं । तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाइसिएल नेपालका उपाध्यक्ष प्रेम श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत श्रेष्ठ रास्वपामा औपचारिक रूपमा प्रवेश गरेका हुन्।

    images

    श्रेष्ठलाई रास्वपाका उपसभापति स्वर्णीम वाग्लेले पार्टीमा स्वागत गरेका छन्। कार्यक्रममा बोल्दै वाग्लेले देशमा नयाँ राजनीतिक संस्कार र जिम्मेवार नेतृत्वको खाँचो रहेको उल्लेख गर्दै, युवाहरूको सक्रिय सहभागिताले मात्र मुलुकको राजनीति परिवर्तन सम्भव हुने बताए। उनले प्रेम श्रेष्ठ जस्ता ऊर्जावान र अनुभव भएका युवा नेता पार्टीमा जोडिनु रास्वपाका लागि सकारात्मक सन्देश भएको पनि बताए।

    images
    images
    images

    पार्टी प्रवेशपछि बोल्दै प्रेम श्रेष्ठले लामो समयदेखि नेपाली राजनीतिमा देखिएको पुरानो शैली र व्यवहारबाट जनता आजित भएको उल्लेख गरे। उनले वैकल्पिक राजनीति र सुशासनको एजेन्डा बोकेको रास्वपाले जनताको आशा जगाएको भन्दै आफू यही अभियानमा सहभागी हुन चाहेको बताए। “देश र जनताका लागि केही फरक गर्न सकिन्छ भन्ने विश्वासका साथ रास्वपामा आएको हुँ,” उनले भने।

    श्रेष्ठ यसअघि माओवादी केन्द्र निकट युवा संगठन वाइसिएल नेपालमा उपाध्यक्षको जिम्मेवारीमा रहेर सक्रिय राजनीतिमा संलग्न थिए। उनको रास्वपा प्रवेशलाई युवामाझ नयाँ राजनीतिक धारप्रति बढ्दो आकर्षणका रूपमा हेरिएको छ।

    कार्यक्रममा रास्वपाका अन्य नेता तथा कार्यकर्ताको समेत उपस्थिति रहेको थियो। पार्टीले आगामी दिनमा संगठन विस्तार र जनसम्पर्कलाई अझ सशक्त बनाउँदै लैजाने जनाएको छ।

    प्रकाशित मिति :माघ १२, २०८२ सोमवार - १९:३७:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको