Logo

बुधवार, कार्तिक १२ गते २०८३

रोकिएनन् केपी खनालको क्षेत्रमा बालेन

रोकिएनन् केपी खनालको क्षेत्रमा बालेन

जोईन खबर

१३, माघ २०८२
  • 436
    SHARES
  • रोकिएनन्  केपी खनालको क्षेत्रमा बालेन

    १३ माघ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह कैलाली–२ को घण्टी घरमा नरोकिएर हिंडेपछि कार्यकर्ता र समर्थक निराश भएका छन् ।बालेन आउने खबरपछि कार्यकर्ता र समर्थक बिहानैदेखि बर्दगोरिया गाउँपालिका–२ स्थित बौनिया बजारमा रहेको क्षेत्र नम्बर २ को घण्टीघरमा जम्मा भएका थिए ।बालेनकै स्वागतमा रास्वपा बर्दगोरियास्थित क्षेत्रीय समितिले स्वागत तथा अभिवादन कार्यक्रम राखेको थियो ।

    images

    शाह साढे ९ बजेतिर बौनिया पुगे पनि उनी त्यहाँ रोकिएनन् । बालेन नरोकिएपछि समर्थकहरूले व्यवस्थापनमा कमजोरी गरेको भन्दै कैलाली–२ का उम्मेदवार केपी खनालसँ गुनासो गरेका छन् ।

    images
    images
    images

    यहाँ उहाँलाई स्वागत गर्दै भेटघाट गर्ने कार्यक्रम राखिएको थियो तर हामी साथीहरूलाई व्यवस्थापन गर्ने क्रममा पछि परेको थियौँ’, खनालले भने, ‘समस्या केही होइन समन्वय अभावले उहाँ यहाँ नरोकिएको कुरा हो । अब उहाँलाई हामी ल्याउछौं ।रास्वपाबाट उम्मेदवार बनेका खनाल बालेनकै उम्मेदवार हुन् । 

    प्रकाशित मिति :माघ १३, २०८२ मंगलवार - १४:१६:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको