Logo

बुधवार, कार्तिक १२ गते २०८३

जमलमा तीन सवारी एकआपसमा ठोक्किए, मोटरसाइकलमा आगलागी, एक जना घाइते

जमलमा तीन सवारी एकआपसमा ठोक्किए, मोटरसाइकलमा आगलागी, एक जना घाइते

जोईन खबर

१३, माघ २०८२
  • 379
    SHARES
  • जमलमा तीन सवारी एकआपसमा ठोक्किए, मोटरसाइकलमा आगलागी, एक जना घाइते

    १३ माघ काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा आज तीन वटा सवारी साधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। मंगलबार मध्याह्न साढे १२ बजेतिर भ्यान, मोटरसाइकल र स्कुटर आपसमा ठोक्किएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

    images

    उनका अनुसार दुर्घटनापछि मोटरसाइकलमा अचानक आगलागी भएको थियो। घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। आगलागीका कारण मोटरसाइकलमा आंशिक क्षति पुगेको छ।

    images
    images
    images

    दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको र उपचारका लागि नजिकैको अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। अन्य सवारी चालक भने सुरक्षित रहेको बताइएको छ।

    दुर्घटनापछि केही समय जमल क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो। प्रहरीले सवारी साधन हटाएपछि अहिले ट्राफिक सामान्य अवस्थामा फर्किएको छ।प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गति वा लापरवाहीका कारण दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ।

    प्रकाशित मिति :माघ १३, २०८२ मंगलवार - १४:४२:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको