Logo

बुधवार, कार्तिक १२ गते २०८३

सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भइरहेको छ : संयोजक ‘प्रचण्ड’

सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भइरहेको छ : संयोजक ‘प्रचण्ड’

जोईन खबर

१३, माघ २०८२
  • 442
    SHARES
  • सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भइरहेको छ  : संयोजक ‘प्रचण्ड’

    १३ माघ काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्। उनले सोसल मिडियामार्फत स्टण्टबाजी गरेर जनतालाई भ्रममा पार्ने र ध्यान विचलित गर्ने काम भइरहेको बताए । मंगलबार मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेकपामा समाहित भएको हो ।

    images

    उक्त समाहित कार्यक्रममा बोल्दै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देशमा सिद्धान्त र विचारको खडेरी लागेको बताए । प्रचण्डले कार्यक्रममा बोल्दै भने “आजकल सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भएको छ। वास्तविक मुद्दा, नीति र विकासका विषय ओझेलमा पार्ने प्रवृत्ति खतरनाक बन्दै गएको छ।”

    images
    images
    images

    उनले राजनीतिक प्रतिस्पर्धा विचार, कार्यक्रम र कामका आधारमा हुनुपर्नेमा अहिले प्रचारमुखी र सतही गतिविधिले स्थान लिँदै गएको बताए। यसले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने उनको धारणा थियो।प्रचण्डले जनतालाई सचेत रहन आग्रह गर्दै सामाजिक सञ्जालमा देखिने सबै कुरा सत्य नहुन सक्ने बताए। “देश बनाउने कुरा लाइक, शेयर र भाइरलबाट होइन, स्पष्ट नीति, इमान्दार कार्यान्वयन र जनउत्तरदायित्वबाट हुन्छ,” उनले जोड दिए।

    उनले आफ्नो पार्टी जनताको वास्तविक समस्या—गरिबी, बेरोजगारी, शिक्षा, स्वास्थ्य र सुशासन—समाधानतर्फ केन्द्रित रहेको दाबी गरे। सामाजिक सञ्जाललाई सकारात्मक रूपमा प्रयोग गर्न सकिने भए पनि त्यसलाई भ्रम फैलाउने हतियार बनाउन नहुने उनको भनाइ छ।

    उनको यो अभिव्यक्तिलाई कतिपयले वर्तमान राजनीतिक संस्कृतिमाथिको कडा टिप्पणीका रूपमा लिएका छन् भने केहीले यसलाई नयाँ पुस्ताको राजनीति शैलीप्रतिको आलोचना भनेर विश्लेषण गरेका छन्। जे भए पनि प्रचण्डको भनाइले सामाजिक सञ्जाल र राजनीतिबीचको सम्बन्धबारे बहसलाई फेरि सतहमा ल्याएको छ।

    संयोजक प्रचण्डले जेनजी आन्दोलनपछि राष्ट्र गम्भीर र असाधारण अवस्थामा पुगेको भन्दै यस्तो परिस्थितिमा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने र विदेशी चलखेल रोक्न आवश्यक रहेको कारण वाम एकताको अभियान सुरु गरेको बताए । उनको अनुसार भोलीसम्म वाम एकताको संख्या २३ पुग्दैछ ।

    प्रकाशित मिति :माघ १३, २०८२ मंगलवार - १६:१६:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको