१८ माघ काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता जगदीश खरेलले आगामी निर्वाचनमा रास्वपाको जित जनताले नै सुनिश्चित गरिसकेको दाबी गरेका छन्। उनले जनताको बढ्दो समर्थन, विश्वास र सहभागिताले अब परिणामको दिशा स्पष्ट भइसकेको बताएका हुन्।
एक सार्वजनिक कार्यक्रममा बोल्दै खरेलले भने, “रास्वपाको जित अब अनुमान होइन, जनताले नै सुनिश्चित गरिसकेका छन्। पुराना दलप्रतिको निराशा र नयाँ राजनीतिक संस्कृतिको चाहनाले रास्वपाप्रति आकर्षण बढेको छ।”
उनका अनुसार भ्रष्टाचारविरुद्धको स्पष्ट धारणा, जवाफदेही नेतृत्व र युवाको सक्रिय सहभागिताले रास्वपालाई बलियो विकल्पको रूपमा स्थापित गरेको छ। “जनताले अब भाषण होइन, काम खोजिरहेका छन्, र रास्वपाले त्यही भरोसा दिलाएको छ,” खरेलले जोड दिए।
खरेलले देशभर रास्वपाप्रति सकारात्मक माहोल बनेको उल्लेख गर्दै आगामी दिनमा संगठन थप मजबुत बनाइने र जनताको अपेक्षा अनुसार काम गरिने प्रतिबद्धता पनि व्यक्त गरे।