Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखामा सुदन गुरुङको दुखेसो

गोरखामा सुदन गुरुङको दुखेसो

जोईन खबर

१८, माघ २०८२
  • 682
    SHARES
  • गोरखामा सुदन गुरुङको दुखेसो

    १८ माघ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुदन गुरुङले गोरखामा आफ्नो राजनीतिक यात्रासँग जोडिएको अनुभव सार्वजनिक गर्दै गहिरो दुखेसो व्यक्त गरेका छन्। स्वतन्त्र अभियन्ताको रूपमा सामाजिक अभियानमा सक्रिय रहँदा खुलेर स्वागत गर्ने, माया र समर्थन जनाउने धेरै व्यक्ति तथा समूहहरू पार्टी राजनीतिमा प्रवेश गरेपछि भने खुलेर बोल्नै नआएको उनको गुनासो छ।

    images

    गोरखामा आयोजित एक भेटघाट कार्यक्रममा बोल्दै गुरुङले भने, “म स्वतन्त्र अभियन्ता हुँदा विचार, काम र अभियानका आधारमा साथ दिनेहरू धेरै थिए। तर आज म रास्वपाको जिम्मेवार नेता बनेपछि कतिपयले बोल्न डराएको, कतिपयले टाढा बसेको महसुस भइरहेको छ।”

    images
    images
    images

    उनका अनुसार पार्टी राजनीतिमा लागेपछि विचारभन्दा पार्टीको ‘ट्याग’ हेर्ने प्रवृत्ति हावी भएको छ। “हिजो मेरो आवाज सुन्नेहरू आज पार्टीको नाम सुन्नासाथ चुप लाग्ने अवस्था दुखद छ,” उनले थपे।

    गुरुङले राजनीति व्यक्तिको नियत, इमान र उद्देश्यले मापन हुनुपर्नेमा जोड दिँदै पार्टीका आधारमा मानिस छुट्याउने प्रवृत्तिले लोकतन्त्र कमजोर बनाउने बताए। “रास्वपा कुनै व्यक्तिको होइन, परिवर्तनको अभियान हो। तर यही अभियानमा लाग्दा पनि आफ्नै समाजभित्र शंकाको नजरले हेर्नु पर्नु पीडादायी छ,” उनको भनाइ छ।

    उनले गोरखाजस्ता राजनीतिक रूपमा सचेत जिल्लामा समेत नयाँ राजनीतिक धारलाई स्वीकार गर्न हिच्किचाहट देखिनु चिन्ताको विषय भएको बताए। “परिवर्तनको कुरा सबैले गर्छन्, तर परिवर्तन बोकेकाहरू अगाडि आउँदा समर्थन गर्न धेरैलाई गाह्रो पर्ने रहेछ,” गुरुङले कटाक्ष गरे।

    कार्यक्रममा उपस्थित स्थानीय युवाहरूले भने सुदन गुरुङको भनाइलाई यथार्थपरक ठहर गर्दै पुराना राजनीतिक संरचना र मानसिकताले नयाँ नेतृत्वलाई स्वीकार्न नसकेको प्रतिक्रिया दिएका थिए।

    राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर ‘पुरानो राजनीतिक संस्कारको अन्त्य र नयाँ राजनीतिक संस्कृति’ निर्माण गर्ने दाबी गरिरहेका बेला सुदन गुरुङको यो दुखेसोले स्थानीय तहमा नयाँ दलका नेताहरूले भोग्नुपरेका चुनौतीहरूलाई उजागर गरेको छ।

    प्रकाशित मिति :माघ १८, २०८२ आइतवार - २१:२१:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको