Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा–२ मा लेखनाथ बाहेक अरू विकल्प छैन : युवा नेता धिरज उपरकोटी

गोरखा–२ मा लेखनाथ बाहेक अरू विकल्प छैन : युवा नेता धिरज उपरकोटी

जोईन खबर

१८, माघ २०८२
  • 652
    SHARES
  • गोरखा–२ मा लेखनाथ बाहेक अरू विकल्प छैन  : युवा नेता धिरज उपरकोटी

    १८ माघ काठमाडौँ। गोरखा–२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि लेखनाथ बाहेक अरू कुनै उपयुक्त विकल्प नरहेको युवा नेता धिरज उपरकोटीले बताएका छन्। काठमाडौँमा एक अनलाइन खबर संगको कुराकानीमा बोल्दै उनले लेखनाथले बोकेको राजनीतिक सोच, अनुभव र जनताप्रतिको प्रतिबद्धता नै अहिलेको आवश्यकता भएको स्पष्ट पारे।

    images

    उपरकोटीका अनुसार गोरखा–२ ले अब भाषण र आश्वासन होइन, परिणाम दिन सक्ने नेतृत्व खोजिरहेको छ। “लामो समयदेखि गोरखाको राजनीति नजिकबाट बुझ्दै आएको व्यक्ति लेखनाथ नै हुन्। जनताको दुःख–सुखमा सँगै उभिने, समस्या सुन्ने र समाधानतर्फ अग्रसर हुने नेता अहिले लेखनाथ बाहेक देखिँदैन,” उनले भने।

    images
    images
    images

    उनले गोरखा–२ मा विगतका प्रतिनिधिहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको उल्लेख गर्दै अब नयाँ ढंगको नेतृत्व आवश्यक रहेको बताए। “युवाको रोजगारी, शिक्षा, स्वास्थ्य र स्थानीय विकासका सवालमा स्पष्ट एजेन्डा र कार्ययोजना लेखनाथसँग छ। त्यसैले गोरखा–२ का मतदाताले विकल्प खोजिरहनु पर्दैन,” उपरकोटीको दाबी छ।

    युवा नेता उपरकोटीले लेखनाथलाई जिताउन युवाहरू एकजुट हुनुपर्नेमा जोड दिँदै भने, “अबको चुनाव केवल व्यक्ति चयन गर्ने होइन, गोरखा–२ को भविष्य तय गर्ने अवसर हो। सचेत मतदाताले सही निर्णय गर्नेछन् भन्नेमा म विश्वस्त छु।”

    उनका अनुसार गोरखा–२ का गाउँ–बस्तीमा लेखनाथप्रति जनविश्वास बढ्दै गएको छ र यसले आगामी निर्वाचनमा स्पष्ट परिणाम देखाउनेछ। “जनताले विकास र इमानदार नेतृत्व खोजिरहेका छन्, त्यो नेतृत्व लेखनाथमै देखिरहेका छन्,” उनले थपे।

    प्रकाशित मिति :माघ १८, २०८२ आइतवार - २२:३७:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको