Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा उम्मेदवार न्यौपाने र अधिकारी गोरखा–काठमाडौँ हुँदै चितवनसम्म मतदाता भेटघाटमा

गोरखा उम्मेदवार न्यौपाने र अधिकारी गोरखा–काठमाडौँ हुँदै चितवनसम्म मतदाता भेटघाटमा

जोईन खबर

२२, माघ २०८२
  • 526
    SHARES
  • गोरखा उम्मेदवार न्यौपाने र अधिकारी गोरखा–काठमाडौँ हुँदै  चितवनसम्म मतदाता भेटघाटमा


    २२ माघ काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट गोरखा क्षेत्र नम्बर १ र २ का उम्मेदवारहरूले चुनावी अभियानलाई तीव्र पारेका छन्।

    images

    गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार लेखनाथ न्यौपाने र क्षेत्र नम्बर १ का उम्मेदवार हरिराज अधिकारी मतदाता भेटघाट तथा राजनीतिक संवादका लागि गोरखा देखि काठमाडौँ हुँदै चितवनसम्म पुगेका छन्। उनीहरू चुनावी अभियान अन्तर्गत पार्टीका कार्यकर्ता, शुभेच्छुक, नागरिक समाज तथा विभिन्न पेशा–व्यवसायमा संलग्न मतदातासँग प्रत्यक्ष संवादमा जुटेका हुन्। 

    images
    images
    images

    उम्मेदवारद्वयले भेटघाटका क्रममा मुलुकको वर्तमान राजनीतिक अवस्था, जनजीविका समस्या, विकास र समृद्धिको एजेन्डाबारे आफ्ना धारणा राख्दै जनताको विश्वास र समर्थन मागेका छन्। उनीहरूले नेपाली कम्युनिस्ट पार्टीले अघि सारेको नीति, कार्यक्रम र वैचारिक स्पष्टताबारे जानकारी गराउँदै आगामी निर्वाचन जनताको भविष्यसँग जोडिएको महत्त्वपूर्ण अवसर भएको बताएका छन्।

    गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार लेखनाथ न्यौपानेले लामो राजनीतिक अनुभव र जनतासँगको निरन्तर सम्बन्ध नै आफ्नो मुख्य आधार भएको उल्लेख गर्दै इमानदार, जवाफदेही र जनमुखी प्रतिनिधित्वको प्रतिबद्धता दोहोर्याए। यस्तै, क्षेत्र नम्बर १ का उम्मेदवार हरिराज अधिकारीले परिवर्तन, सुशासन र सामाजिक न्यायका लागि आफूहरूले राजनीति गरिरहेको बताए।

    उम्मेदवारहरू काठमाडौँ र चितवनमा रहेका गोरखाली मतदाता तथा पार्टी संगठनसँग पनि समन्वय र छलफलमा जुटेका छन्। पार्टीका नेताहरूका अनुसार आगामी दिनहरूमा गाउँ–गाउँ केन्द्रित अभियानलाई अझ प्रभावकारी बनाइनेछ। फागुन २१ गते नजिकिँदै गर्दा गोरखा क्षेत्र नम्बर १ र २ मा चुनावी सरगर्मी बढ्दै गएको छ।

    प्रकाशित मिति :माघ २२, २०८२ बिहिवार - १७:०८:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको