Logo

बुधवार, कार्तिक १२ गते २०८३

“आजसम्म मेरो एउटा पनि सार्वजनिक मुद्दा छैन” लेखनाथ न्यौपाने

“आजसम्म मेरो एउटा पनि सार्वजनिक मुद्दा छैन” लेखनाथ न्यौपाने

जोईन खबर

२२, माघ २०८२
  • 490
    SHARES
  • “आजसम्म मेरो एउटा पनि सार्वजनिक मुद्दा छैन”  लेखनाथ न्यौपाने

    २२ माघ गोरखा । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार तथा नेपाली कम्युनिस्ट पार्टीका नेता लेखनाथ न्यौपानेले आफूविरुद्ध हालसम्म कुनै पनि सार्वजनिक मुद्दा नरहेको स्पष्ट पारेका छन्।

    images

    आइतबार सञ्चारकर्मीहरूसँगको एक संवाद कार्यक्रममा बोल्दै नेता न्यौपानेले भने, “मेरो लामो राजनीतिक जीवन छ, तर आजसम्म मेरो नाम जोडिएको एउटै पनि सार्वजनिक विवाद वा मुद्दा छैन।” उनले राजनीति सेवा र सिद्धान्तका लागि गरेको दाबी गर्दै व्यक्तिगत लाभका लागि कहिल्यै पद र जिम्मेवारीको दुरुपयोग नगरेको बताए।३६ वर्षभन्दा बढी समयदेखि सक्रिय राजनीतिमा रहेका न्यौपानेले आफ्नो राजनीतिक यात्रा जनताको हित, सामाजिक न्याय र परिवर्तनका लागि समर्पित रहेको उल्लेख गरे। “राजनीति मेरो लागि पेशा होइन, जनताको सेवाको माध्यम हो,” उनले भने।

    images
    images
    images

    नेता न्यौपानेले गोरखा क्षेत्र नम्बर २ का मतदातासँग आफू सधैं सुख–दुःखमा साथमा रहेको दाबी गर्दै आगामी निर्वाचनमा जनताले इमानदार र निष्ठावान प्रतिनिधिलाई रोज्ने विश्वास व्यक्त गरे। उनले भने, “जनताले मलाई चिनेका छन्, मेरो काम र आचरण नै मेरो परिचय हो।”संवादका क्रममा उनले निर्वाचन खर्च, पारदर्शिता र पार्टीको संगठनात्मक भूमिकाबारे पनि धारणा राख्दै यो निर्वाचन कुनै एक व्यक्तिको मात्र नभई सम्पूर्ण कार्यकर्ता र जनताको साझा लडाइँ भएको बताए।गोरखा क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढिरहेका बेला नेता न्यौपानेको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको बताए ।

    प्रकाशित मिति :माघ २२, २०८२ बिहिवार - १७:२४:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको