Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा समाज कुवेतको प्रथम अधिवेशनबाट अध्यक्षमा पनेरु निर्विरोध चयन

गोरखा समाज कुवेतको प्रथम अधिवेशनबाट अध्यक्षमा पनेरु निर्विरोध चयन

जोईन खबर

२५, माघ २०८२
  • 1.4K
    SHARES
  • गोरखा समाज कुवेतको प्रथम अधिवेशनबाट अध्यक्षमा पनेरु निर्विरोध चयन

    २५ माघ काठमाडौँ ।कुवेतमा बसोबास गर्दै आएका गोरखाली समुदायको साझा संस्था गोरखा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा  मदन पनेरुलाई सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित गरेको छ। 

    images

    नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण पोखरेल, उपाध्यक्षमा कृष्ण बानियाँ, महिला उपाध्यक्षमा कुमारी गुरुङ, महासचिवमा बालकृष्ण भट्ट (विराज), सचिवमा अशोक श्रेष्ठ, सहसचिवमा गोमा भट्ट, कोषाध्यक्षमा काजीराम नहर्की र सह(कोषाध्यक्षमा शुशिला तामाङ सर्वसम्मत निर्वाचित भएका छन्।त्यस्तै, युवा संयोजकमा विकास गुरुङ र सह(युवा संयोजकमा हि काजी जिसी चयन भएका छन्। कार्यक्रम मदन पनेरूको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै सहभागीहरूले संस्थालाई सशक्त, सक्रिय र समुदायमुखी बनाउँदै नेपालीहरूबीच आपसी सहकार्य, एकता र सहयोगको भावना अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

    images
    images
    images

    निर्विरोध रूपमा अध्यक्षमा चयन भएपछि  मदन पनेरुले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै गोरखाली समुदायको हकहित, सांस्कृतिक पहिचानको संरक्षण तथा सामाजिक गतिविधि विस्तारका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिवद्धता जनाएका छन्।

    उनले सबै सदस्यको साथ र सहयोगमा संस्थालाई अझ प्रभावकारी बनाउँदै लैजाने बताएका छन्।नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा विभिन्न सामाजिक, सांस्कृतिक तथा सहकार्यका कार्यक्रमहरू सञ्चालन गर्ने योजना अघि सारेको छ।कुवेतमा रहेका गोरखालीहरूको साझा चौतारीका रूपमा स्थापित हुने लक्ष्यका साथ गठन भएको गोरखा समाज कुवेतको यो पहिलो अधिवेशनलाई समुदायभित्र महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।

    प्रकाशित मिति :माघ २५, २०८२ आइतवार - ११:२७:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको