Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखामा चुनावी प्रतिस्पर्धा ‘फाइनल’ जस्तै :  नेकपा उम्मेदवार अधिकारी

गोरखामा चुनावी प्रतिस्पर्धा ‘फाइनल’ जस्तै :  नेकपा उम्मेदवार अधिकारी

जोईन खबर

२५, माघ २०८२
  • 775
    SHARES
  • गोरखामा चुनावी प्रतिस्पर्धा ‘फाइनल’ जस्तै :  नेकपा उम्मेदवार अधिकारी

    २५ माघ गोरखा — आगामी निर्वाचनलाई लक्षित गर्दै गोरखा क्षेत्र नं। १ मा चुनावी माहोल तीव्र बन्दै गएको छ। नेकपाका उम्मेदवार हरिराज अधिकारीले यसपटकको प्रतिस्पर्धा अन्य चुनावभन्दा फरक र ‘फाइनल’ जस्तै निर्णायक भएको बताएका छन्।

    images

    चुनावी अभियानका क्रममा सञ्चारकर्मी तथा समर्थकहरूसँग कुराकानी गर्दै अधिकारीले गोरखामा मतदाताको उत्साह र प्रतिस्पर्धाको अवस्था विगतको भन्दा फरक देखिएको उल्लेख गरे। उनले भने, “यो चुनाव र अरू चुनावमा धेरै फरक छ। अहिले गोरखामा हाम्रो प्रतिस्पर्धा फाइनल जस्तो छ,” भन्दै आफूहरू जनताको साथ र समर्थनप्रति आशावादी रहेको धारणा राखे।

    images
    images
    images

    अधिकारीले निर्वाचनलाई स्वस्थ प्रतिस्पर्धाको रूपमा लिएर जनतामाझ आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गरिरहेको बताए। उनले विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधारलाई प्राथमिकतामा राख्दै मतदाताको विश्वास जित्ने प्रयास भइरहेको उल्लेख गरे।

    गोरखा क्षेत्र नं. १ मा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूबीच प्रतिस्पर्धा चर्किँदै गएको छ। चुनाव नजिकिँदै जाँदा गाउँ–गाउँमा भेटघाट, घरदैलो तथा प्रचार अभियान तीव्र पारिएको छ, जसले चुनावी माहोल थप तातेको देखिन्छ।स्थानीय तहमा मतदाताहरूले उम्मेदवारहरूको योजना, कार्यक्षमता तथा विगतको योगदानलाई मूल्याङ्कन गर्दै निर्णय गर्ने अपेक्षा गरिएको छ। यसैबीच, राजनीतिक दलहरूले चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन आ–आफ्नो प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।

    प्रकाशित मिति :माघ २५, २०८२ आइतवार - ११:५५:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको