Logo

बुधवार, कार्तिक १२ गते २०८३

बीरगंजमा ट्रान्सपोर्ट क्षेत्रमा छापा, तनाव उत्पन्न

बीरगंजमा ट्रान्सपोर्ट क्षेत्रमा छापा, तनाव उत्पन्न

जोईन खबर

२६, माघ २०८२
  • 544
    SHARES
  • बीरगंजमा ट्रान्सपोर्ट क्षेत्रमा छापा, तनाव उत्पन्न


    २६ माघ काठमाडौँ । बीरगंजस्थित ट्रान्सपोर्ट क्षेत्रमा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तनाव उत्पन्न भएको छ। छापामारीको विरोधमा उत्रिएका ट्रान्सपोर्ट व्यवसायीहरूले प्रहरी टोलीलाई लखेटेको जनाइएको छ।

    images

    प्राप्त जानकारीअनुसार सशस्त्र प्रहरी टोलीले नियमन तथा अनुसन्धानका लागि उक्त क्षेत्रमा छापा मारेको थियो। तर, कारबाहीप्रति असन्तुष्टि जनाउँदै व्यवसायीहरू आक्रोशित बनेपछि स्थिति तनावपूर्ण भएको बताइएको छ। उनीहरूले प्रहरीको कारबाहीमा अवरोध पुर्‍याएका थिए।

    images
    images
    images

    घटनापछि केही समय क्षेत्र तनावग्रस्त बनेको थियो। अवस्था नियन्त्रणमा लिन थप सुरक्षा बल परिचालन गरिएको र सुरक्षा सतर्कता बढाइएको स्थानीय स्रोतले जनाएको छ।यस घटनाबारे विस्तृत विवरण भने अझै सार्वजनिक भइसकेको छैन। सम्बन्धित निकायबाट थप जानकारी आउने क्रम जारी रहेको छ।

    प्रकाशित मिति :माघ २६, २०८२ सोमवार - १५:१५:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको