Logo

बुधवार, कार्तिक १२ गते २०८३

 राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको निधन

 राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको निधन

जोईन खबर

२, फाल्गुण २०८२
  • 463
    SHARES
  •  राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको निधन

    २ फागुन काठमाडौँ । पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ नेता विश्वबन्धु थापाको निधन भएको छ ।राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार थापाको शनिबार साँझ ९८ वर्षको उमेरमा निधन भएको हो ।

    images

    २००७ सालदेखि पछिल्लो समयसम्मका राजनीतिक घटनाक्रमका साक्षी रहेको थापाको निधनले देशले एक इतिहास पुरुष गुमाएको र राप्रपाले आफ्नो अग्रज नेता गुमाएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

    images
    images
    images

    राप्रपा निर्माणमा स्वर्गीय थापाको योगदान सदैव आदरपूर्वक स्मरणीय रहने पनि उनले उल्लेख गरे ।थापा तत्कालीन राजा महेन्द्रले वि।सं २०१७ साल पुस १ मा जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि थापा मन्त्री भएका थिए । थापा भीमसेन थापाका पाँचौँ पुस्ताका सदस्यसमेत हुन् ।

     

    प्रकाशित मिति :फाल्गुण २, २०८२ शनिवार - २२:२८:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको