Logo

बुधवार, कार्तिक १२ गते २०८३

बसमा आगलागी, यात्रुहरूको सकुशल उद्धार

बसमा आगलागी, यात्रुहरूको सकुशल उद्धार

जोईन खबर

४, फाल्गुण २०८२
  • 340
    SHARES
  • बसमा आगलागी, यात्रुहरूको सकुशल उद्धार

    ४ फागुन काठमाडौँ । सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको बसमा आगलागी भएको छ। बागमती प्रदेश ०३–००१ ख २५६० नम्बरको बसमा गएराति करिब २ बजे धादिङको बल्छीटार क्षेत्रमा आगलागी भएको प्रहरीले जनाएको छ।

    images

    जिल्ला प्रहरी कार्यालय आदमघाटका अनुसार आगलागी लगत्तै बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरिएको थियो। आगलागी नियन्त्रणका लागि दमकल प्रयोग गरिएको र करिब एक घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको बताइएको छ।

    images
    images
    images

    घटनाबाट मानवीय क्षति नभए पनि बसमा क्षति पुगेको प्रहरीले जनाएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

    प्रकाशित मिति :फाल्गुण ४, २०८२ सोमवार - १०:४६:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको