Logo

बुधवार, कार्तिक १२ गते २०८३

“नेपाली कम्युनिष्ट पार्टी अरू पार्टीभन्दा फरक छ” : गोरखा २ का उम्मेदवार न्यौपाने

“नेपाली कम्युनिष्ट पार्टी अरू पार्टीभन्दा फरक छ” : गोरखा २ का उम्मेदवार न्यौपाने

जोईन खबर

४, फाल्गुण २०८२
  • 361
    SHARES
  • “नेपाली कम्युनिष्ट पार्टी अरू पार्टीभन्दा फरक छ”  : गोरखा २ का उम्मेदवार न्यौपाने

    ४ फागुन गोरखा । चुनावी अभियानका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले आफ्नो पार्टीको नीति, सिद्धान्त र कार्यशैली अन्य राजनीतिक दलहरूभन्दा फरक रहेको बताएका छन्।

    images

    मतदातासँग भेटघाट तथा अन्तरक्रियाका क्रममा बोल्दै उनले भने, “नेपाली कम्युनिष्ट पार्टी जनताको वास्तविक आवश्यकता र मुद्दामा आधारित भएर अघि बढ्ने पार्टी हो। हामी सत्ता र पदका लागि होइन, जनताको अधिकार, समृद्धि र समानताका लागि राजनीति गरिरहेका छौँ।”

    images
    images
    images

    उनले देशमा देखिएको भ्रष्टाचार, बेथिति र विकासको असमानतालाई अन्त्य गर्न वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै मतदातालाई विवेकपूर्ण निर्णय लिन आग्रह गरे। “जनताको आवाजलाई संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता हाम्रो छ,” उनले थपे।

    न्यौपानेले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै क्षेत्रीय विकासलाई तीव्रता दिने योजना प्रस्तुत गरे। साथै उनले युवालाई उत्पादनमुखी क्षेत्रमा जोड्ने, कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने र पारदर्शी शासन प्रणाली स्थापना गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याए।

    कार्यक्रममा स्थानीय बासिन्दाले विभिन्न समस्या तथा अपेक्षा राखेका थिए भने उम्मेदवार न्यौपानेले ती मुद्दालाई आफ्नो चुनावी एजेन्डामा समेटेर समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए।चुनावी अभियानलाई तीव्र बनाउँदै उनले आगामी दिनमा थप घरदैलो, अन्तरक्रिया र जनभेटघाट कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएका छन्।

    प्रकाशित मिति :फाल्गुण ४, २०८२ सोमवार - ११:०३:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको