Logo

बुधवार, कार्तिक १२ गते २०८३

पूर्वमन्त्री पण्डित जबर्जस्ती जनतामाथि निर्वाचन थोपरेको टिप्पणी गरे

पूर्वमन्त्री पण्डित जबर्जस्ती जनतामाथि निर्वाचन थोपरेको टिप्पणी गरे

जोईन खबर

८, फाल्गुण २०८२
  • 433
    SHARES
  • पूर्वमन्त्री पण्डित जबर्जस्ती जनतामाथि निर्वाचन थोपरेको टिप्पणी गरे

    ८फागुन काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित जबर्जस्ती जनतामाथि निर्वाचन थोपरेको टिप्पणी गरेका छन् । शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पण्डितले यस्तो बताएका हुन् ।निर्वाचन जनतामाथि थुपारेको अवस्था छ । नचाहेर पनि निर्वाचनमा जानुपरेको अवस्था छ,’ पण्डितले भने, ‘चिन्ता, असन्तुष्टि पनि त्यत्तिकै छ ।

    images

    तैपनि जनताले आफ्नो मताधिकार प्रयोग गर्ने कुरामा दुईमत छैन ।चुनावी वातावरण तातिनुपर्थ्यो त्यति नतातेको उनले टिप्पणी गरे । उनले भने, ‘अझैपनि आशंकाहरू छन् । तैपनि राजनीतिक पार्टीको नेतृत्वमा विभिन्न मतदाताको घरदैलोमा भोट माग्ने क्रम चलिरहेको छ ।

    images
    images
    images

    एमालेका तर्फबाट मोरङ–६ का प्रत्येक घरदैलोमा आफूहरू पुग्ने प्रयासमा रहेको उनले बताए ।राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०लाई उनले ‘फेसबुके पार्टी’को संज्ञा दिए । ‘यो फेसबुके पार्टी, सामाजिक सञ्जालभित्रको प्रचार अनि अतृप्त चाहना भएको कुरालाई केही पनि नदेख्ने दिमागी रतन्धो लागेकाहरूसँग केही पनि भन्नु छैन,’ नेता पण्डितले भने ।

    प्रकाशित मिति :फाल्गुण ८, २०८२ शुक्रवार - १५:२०:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको