८ फागुन काठमाडौम् । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं.३ को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साझ करिब ६ बजेतिर नेकपा एमालेका कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । रास्वपाका क्षेत्र नं.३ का उम्मेदवार कमल सुवेदीले पार्टी कार्यालय तोडफोड भएको बताए । पार्टीको सम्पर्क कार्यालय तोडफोड गरिएको रहेछ,’ कमल सुवेदीले जानकारी दिए । उक्त तोडफोडको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनकि भएको छ ।
जसमा युवा संघ र एमालेको नारा लगाउँदै केही युवाहरुले तोडफोड गरेको देखिन्छ ।बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा स्वागत कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।त्यसपछि एमालेले सो विषयमा गम्भीर आपत्ति जनाएको थियो ।
सोही विषयलाई लिएर विवाद उत्पन्न भएको छ । त्यस विषयलाई एमालले कार्याकर्ताले तोडफोड गरेको हुन सक्ने उनले बताए ।इलाका प्रहरी तुलसीपुरका डीएसपीले भने तोडफोड हुन नपाएको बताए । ‘ब्यानर च्यातेर तोडफोडको प्रयास गरिएको रहेछ । हामीले रोकेर ठूलो तोडफोड हुन दिएनौं’, डिएसपी होमबहादुर पराजुलीले भने, कसले गरेको भनेर खुलेको छैन ।