Logo

बुधवार, कार्तिक १२ गते २०८३

रास्वपालाई भोट दिनु विदेशीको हातमा देश सुम्पिनु हो : मुकुल ढकाल

रास्वपालाई भोट दिनु विदेशीको हातमा देश सुम्पिनु हो : मुकुल ढकाल

जोईन खबर

११, फाल्गुण २०८२
  • 337
    SHARES
  • रास्वपालाई भोट दिनु विदेशीको हातमा देश सुम्पिनु हो : मुकुल ढकाल

     

    images

    ११ फागुन काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भोट दिनु भनेको देश विदेशीको हातमा सुम्पिनु जस्तै भएको टिप्पणी मुकुल ढकालले गरेका छन्। उनले एक सार्वजनिक कार्यक्रममा बोल्दै रास्वपाको नीति, नेतृत्व र कार्यशैलीप्रति गम्भीर आशंका व्यक्त गर्दै यस्तो धारणा राखेका हुन्।

    images
    images
    images

    ढकालले रास्वपा बाह्य शक्तिको प्रभावमा चलेको आरोप लगाउँदै भने, “देशको स्वाधीनता र आत्मनिर्भरता कमजोर बनाउने किसिमका अभिव्यक्ति र गतिविधि देखिँदै आएका छन्। नेपाली जनताले भावनामा बगेर निर्णय गर्नु हुँदैन।” उनले मतदातालाई पार्टीको पृष्ठभूमि, नीतिगत स्पष्टता र राष्ट्रिय मुद्दाप्रतिको धारणा राम्ररी अध्ययन गरेर मात्रै मतदान गर्न आग्रह गरे।

    उनका अनुसार नयाँ शक्तिका नाममा उदाएका दलहरूले जनताको असन्तुष्टिलाई प्रयोग गरिरहेको आरोप पनि लगाए। “राष्ट्रवादको मुद्दा कमजोर पारेर वैदेशिक स्वार्थ अनुकूल नीति ल्याउने प्रयास भइरहेको छ,” ढकालले भने।यता राष्ट्रिय स्वतन्त्र पार्टी ले भने यस्ता आरोपहरूलाई निराधार र राजनीतिक पूर्वाग्रहपूर्ण टिप्पणी भएको प्रतिक्रिया दिएको छ। पार्टीका नेताहरूले आफूहरू सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानमा केन्द्रित रहेको दाबी गर्दै आएका छन्।

    राजनीतिक विश्लेषकहरूका अनुसार चुनावी माहोल नजिकिँदै जाँदा दलहरूबीच आरोप–प्रत्यारोप तीव्र बन्दै गएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न दलका नेताहरूले एक–अर्काविरुद्ध कडा अभिव्यक्ति दिन थालेका छन्।हालसम्म ढकालको अभिव्यक्तिबारे रास्वपाका शीर्ष नेतृत्वबाट औपचारिक विस्तृत प्रतिक्रिया भने आएको छैन। चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा यस्ता टिप्पणीले राजनीतिक माहोल थप तात्ने संकेत देखिएको छ।

    प्रकाशित मिति :फाल्गुण ११, २०८२ सोमवार - १२:५७:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको