Logo

बुधवार, कार्तिक १२ गते २०८३

ठेकेदारलाई कारबाहीको चेतावनी दिने बालेन्द्रकै पार्टीले अलपत्र ठेकेदारलाई टिकट

ठेकेदारलाई कारबाहीको चेतावनी दिने बालेन्द्रकै पार्टीले अलपत्र ठेकेदारलाई टिकट

जोईन खबर

११, फाल्गुण २०८२
  • 427
    SHARES
  • ठेकेदारलाई कारबाहीको चेतावनी दिने बालेन्द्रकै पार्टीले अलपत्र ठेकेदारलाई टिकट

    ११ फागुन काठमाडौं । सडक निर्माण अलपत्र पार्ने ठेकेदारलाई कडा कारबाही गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका बालेन्द्र साह नेतृत्वसँग जोडिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने त्यही आरोप लागेका एक ठेकेदारलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको विषय सार्वजनिक भएपछि विवाद चर्किएको छ।रास्वपाले रुपन्देही–५ बाट प्रतिनिधिसभा सदस्यका लागि बुटवल क्षेत्रका ठेकेदार तौफिक खानलाई टिकट दिएको खुलेको हो। खानको कम्पनी ‘बाबुल दर्शन मालिका जेभी’ले बुटवल बजार क्षेत्रको सडक निर्माणका लागि ३३ करोड रुपैयाँ बराबरको ठेक्का लिएको थियो।

    images

    उक्त ठेक्का एक वर्षभित्र सम्पन्न गर्ने सम्झौता भए पनि १६ महिना बितिसक्दा पनि काम करिब ५२ प्रतिशत मात्र सम्पन्न भएको सडक डिभिजन कार्यालय बुटवल ले जनाएको छ।निर्माण कार्य समयमै सम्पन्न नहुँदा बुटवल बजार क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।

    images
    images
    images

    640277864_1817891089062050_92043468437281687_n.jpg

    धुलो, हिलो, दुर्घटनाको जोखिम र व्यापारमा आएको गिरावटका कारण स्थानीयवासी प्रत्यक्ष प्रभावित भएका छन्। व्यवसायीहरूले सडकको अवस्थाका कारण ग्राहक घटेको र आर्थिक क्षति भएको गुनासो गरेका छन्।स्थानीयवासीले चुनावी भाषणमा मात्र नभई व्यवहारमै जिम्मेवारी देखाउनुपर्ने माग गरेका छन्। “सडक अलपत्र पार्ने ठेकेदारलाई उम्मेदवार बनाउनु विडम्बना हो,” एक स्थानीय व्यवसायीले प्रतिक्रिया दिए।

    यस घटनाले बालेन्द्र साह ले सार्वजनिक रूपमा व्यक्त गर्दै आएका सुशासन, जिम्मेवारी र ठेकेदारमाथिको कारबाहीसम्बन्धी अभिव्यक्ति र पार्टीको निर्णयबीच विरोधाभास देखिएको भन्दै सामाजिक सञ्जाल र स्थानीयस्तरमा आलोचना बढेको छ।यता राष्ट्रिय स्वतन्त्र पार्टी का नेताहरूले भने उम्मेदवार छनोट प्रक्रिया पार्टीको आन्तरिक मापदण्डअनुसार भएको बताएका छन्। उनीहरूले सडक निर्माणमा भएको ढिलाइका विषयमा सम्बन्धित निकायबाट आवश्यक छानबिन हुने विश्वास व्यक्त गरेका छन्।

    638327163_1817891115728714_3773609044784630668_n.jpg

    राजनीतिक विश्लेषकहरूका अनुसार चुनावी प्रतिस्पर्धाको क्रममा यस्ता विषयले दलहरूको विश्वसनीयतामाथि प्रश्न उठाउने र मतदाताको निर्णयमा प्रभाव पार्ने सम्भावना रहन्छ। आगामी निर्वाचन नजिकिँदै जाँदा दलहरूको निर्णय र अभिव्यक्तिमाथि जनस्तरमा थप चासो र निगरानी बढ्ने देखिएको छ।

    प्रकाशित मिति :फाल्गुण ११, २०८२ सोमवार - १३:१४:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको