Logo

बुधवार, कार्तिक १२ गते २०८३

(केएमसी) ले नेपाली राष्ट्रिय महिला टिमकी कप्तान भण्डारी(साम्बा)को निःशुल्क उपचार गर्ने

(केएमसी) ले नेपाली राष्ट्रिय महिला टिमकी कप्तान भण्डारी(साम्बा)को निःशुल्क उपचार गर्ने

जोईन खबर

११, फाल्गुण २०८२
  • 463
    SHARES
  • (केएमसी) ले नेपाली राष्ट्रिय महिला टिमकी कप्तान भण्डारी(साम्बा)को निःशुल्क उपचार गर्ने

    ११ फागुन काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) प्रालिले नेपाली राष्ट्रिय महिला टिमकी कप्तान सावित्रा भण्डारी(साम्बा) को निःशुल्क उपचार गर्ने भएको छ । साम्बा पछिल्लो सात हप्तादेखि घुँडाको चोटको कारण मैदान बाहिर रहेकी छिन् । यस अघि कतारको अस्पेटारमा घुँडाको शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेर पुनः शल्यक्रिया गर्नुपर्ने अवस्थाका कारण साम्बाले सामाजिक सञ्जाल मार्फत सहयोगको आग्रह गरेपछि केएमसीले निःशुल्क उपचार गर्ने भएको हो ।

    images

    सोमबारमात्रै साम्बाले सामाजिक सञ्जाल मार्फत उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने भन्दै सहयोगको अपिल गरेकी थिइन् । राष्ट्रकी गहना साम्बा नेपालमै उपचार गर्न तयार भए देशको एक अब्बल उपचार संस्थाका रूपमा रहेको काठमाडौं मेडिकल कलेज उनलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ ।

    images
    images
    images

    628187774_849942801420172_7952184150182080981_n_yPzkNRAH8a.png

    अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालले भने ।उत्कृष्ट र अत्याधुनिक उपकरण, दक्ष जनशक्तिका साथ गुणस्तरीय उपचार सेवा उपलब्ध गराउँदै आएको काठमाडौं मेडिकल कलेजले आफ्नो सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको आफ्नो कर्तव्यप्रति सचेत रहँदै राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साम्बाको उपचार प्रक्रियाको गाम्भिर्यतालाई मध्यनजर गर्दै साम्बाको उपचारप्रति जिम्मेवार र संवेदनशील रहेको बताएको छ । 

     

    प्रकाशित मिति :फाल्गुण ११, २०८२ सोमवार - २२:०३:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको