Logo

बुधवार, कार्तिक १२ गते २०८३

 प्रतिनिधि सभाको निर्वाचनमा सात दिन सार्वजनिक बिदा हुने

 प्रतिनिधि सभाको निर्वाचनमा सात दिन सार्वजनिक बिदा हुने

जोईन खबर

१२, फाल्गुण २०८२
  • 688
    SHARES
  •  प्रतिनिधि सभाको निर्वाचनमा सात दिन सार्वजनिक बिदा हुने

    १२ फागुन काठमाडौँ । निर्वाचनको बेला सात दिन सार्वजनिक बिदा हुने भएको छ। प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तय भएको छ। त्यसका लागि सरकारले तीन दिन बिदा दिने निर्णय गरेको छ।

    images

    यससँगै चुनावको अवधिमा सात दिन सार्वजनिक बिदा पर्ने भएको हो। चुनावको तीन दिनअघि होली परेको छ। होलीका लागि फागुन १८ गते पहाडी जिल्लामा सार्वजनिक बिदा रहेको छ। त्यसको भोलिपल्ट फागुन १८ गते तरार्यका जिल्लामा सार्वजनिक बिदा रहेको छ।

    images
    images
    images

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चुनावको एक दिनअघि र एक दिनपछि गरी तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारको निर्णयअनुसार, फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा हुने भएको छ।

    त्यसपछि फागुन २२ गते शनिबार भएकाले सार्वजनिक बिदा रहेको छ। त्यसको भोलिपल्ट फागुन २४ गते नारी दिवस परेको छ। हरेक वर्ष संसारभर ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने गरिन्छ। त्यो दिन पनि सार्बजनिक बिदा हुने गरेको छ। यसरी चुनावको समयमा फागुन १८ देखि २४ गतेसम्म एक साता सार्वजनिक बिदा परेको छ।

    प्रकाशित मिति :फाल्गुण १२, २०८२ मंगलवार - २०:५१:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको