Logo

बुधवार, कार्तिक १२ गते २०८३

आर्थिक–सामाजिक रूपान्तरणको खाकासहित नेता डा.प्रकाश शरण महतले सार्वजनिक गरे चुनावी प्रतिज्ञा पत्र

आर्थिक–सामाजिक रूपान्तरणको खाकासहित नेता डा.प्रकाश शरण महतले सार्वजनिक गरे चुनावी प्रतिज्ञा पत्र

जोईन खबर

१३, फाल्गुण २०८२
  • 454
    SHARES
  • आर्थिक–सामाजिक रूपान्तरणको खाकासहित नेता डा.प्रकाश शरण महतले सार्वजनिक गरे चुनावी प्रतिज्ञा पत्र


    १३ फागुन काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले आर्थिक सामाजिक रूपान्तरणको स्पष्ट खाकासहित आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्। एक कार्यक्रममा उनले समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै विकासको दीर्घकालीन योजना प्रस्तुत गरेका हुन्।प्रतिज्ञा पत्र सार्वजनिक गर्दै महतले देशलाई आर्थिक गतिविधिको केन्द्र बनाउने, रोजगारी सिर्जना गर्ने र पूर्वाधार विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे।

    images

    उनले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र साना तथा मझौला उद्योगलाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गरे।उत्पादन वृद्धि, रोजगारी सिर्जना र स्थानीय स्रोत–साधनको सदुपयोगमार्फत आर्थिक रूपान्तरण सम्भव छ,” महतले भने।उनले युवालाई स्वरोजगार र उद्यमशीलतामा प्रोत्साहन गर्ने, महिलाको आर्थिक सशक्तीकरणका कार्यक्रम विस्तार गर्ने तथा विपन्न समुदायलाई लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने बताए।

    images
    images
    images

    साथै, सुशासन कायम गर्दै पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउने प्रतिबद्धता पनि जनाए।महतले शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर सुधारलाई विशेष प्राथमिकता दिँदै प्राविधिक शिक्षाको विस्तार र आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने योजना रहेको बताए।

    ग्रामीण सडक, खानेपानी, सिंचाइ र विद्युत् विस्तारलाई पनि तीव्रता दिने उनले स्पष्ट पारे।कार्यक्रममा स्थानीय कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले प्रस्तुत प्रतिज्ञा पत्र गोरखाको दीर्घकालीन विकासका लागि मार्गदर्शक दस्तावेज बन्न सक्ने धारणा व्यक्त गरेका छन्।गोरखा क्षेत्रमा चुनावी माहोल तातेसँगै प्रमुख दलहरूबीच प्रतिस्पर्धा चुलिएको छ। महतले आफ्नो योजना र अनुभवका आधारमा जनताको विश्वास जित्ने दाबी गरेका छन्।

    प्रकाशित मिति :फाल्गुण १३, २०८२ बुधवार - १६:२४:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको