Logo

बुधवार, कार्तिक १२ गते २०८३

सिरुबारीमा कर्मचारी लिएर गएको गाडी दुर्घटना हुँदा,ज्यान गुमाउनेको संख्या २ पुग्यो

सिरुबारीमा कर्मचारी लिएर गएको गाडी दुर्घटना हुँदा,ज्यान गुमाउनेको संख्या २ पुग्यो

जोईन खबर

१८, फाल्गुण २०८२
  • 517
    SHARES
  • सिरुबारीमा कर्मचारी लिएर गएको गाडी दुर्घटना हुँदा,ज्यान गुमाउनेको संख्या २ पुग्यो

    १८ फागुन काठमाडौँ । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा गाडी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका–२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको थियो ।

    images

    दुर्घटनामा प्रहरीका असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो ।प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुर्घटनामा घाइते मतदान अधिकृत अधिकृत डोरप्रसाद घिमिरे पनि मृत्यु भएको छ । उनको मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    images
    images
    images

    घिमिरेलाई रामेछाप-२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाइएको थियो ।उनी रामेछाप नगरपालिका-३ स्थित साँघुटारस्थित रुद्राक्षश्वर माध्यामिक विद्यालयका शिक्षक हुन् । प्रमुख जिल्ला अधिकारी थापाका अनुसार घाइते ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।गाडीमा निर्वाचनका कर्मचारी र निर्वाचन सामग्रीहरू थिए ।


    यी हुन् घाइतेहरू
    १)भीमबहादुर मानन्धर शिक्षक
    २)सम्बर बहादुर मानन्धर ड्राइभर
    ३)कृष्णप्रसाद घिमिरे शिक्षक
    ४)दुर्गा कार्की
    ५)सविना खड्का
    ६)केदार कुमार रोका
    ७)पूजादेवी सुनुवार

     

     

    प्रकाशित मिति :फाल्गुण १८, २०८२ सोमवार - २२:१३:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको