२५ फागुन काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते सम्पन्न निर्वाचनमा गगन कुमार थापासर्लाही–४ बाट पराजित भएका छन्। नेपाली कांग्रेसका सभापति रहेका थापा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार अमरेश कुमार सिह सँग पराजित भएका हुन्।निर्वाचन परिणामअनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) (एमाले) का उम्मेदवार अमनिश कुमार यादवले ९ हजार ३४३ मत प्राप्त गरेका छन्। जनमत पार्टीका राकेश कुमार मिश्रले १ हजार ५७२ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका रजनिस रायले १ हजार ४०१ मत प्राप्त गरेका छन्।
सर्लाही–४ मा अपेक्षाकृत कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि अन्ततः रास्वपाका सिंहले उल्लेखनीय मतान्तरसहित विजय हासिल गरेका हुन्। कांग्रेस सभापति थापाको यो पराजयलाई राष्ट्रिय राजनीतिमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।निर्वाचन परिणाम सार्वजनिक भएसँगै सर्लाही–४ मा रास्वपाले प्रतिनिधिसभामा आफ्नो उपस्थिति थप बलियो बनाएको छ।