Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा–२ मा रास्वपाका बुर्लाकोटी निर्वाचित, कांग्रेस र नेकपा उम्मेदवार पछि

गोरखा–२ मा रास्वपाका बुर्लाकोटी निर्वाचित, कांग्रेस र नेकपा उम्मेदवार पछि

जोईन खबर

२५, फाल्गुण २०८२
  • 412
    SHARES
  • गोरखा–२ मा रास्वपाका बुर्लाकोटी निर्वाचित, कांग्रेस र नेकपा उम्मेदवार पछि

    २५ फागुन काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते सम्पन्न निर्वाचनमा गोरखा–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी कविन्द्र बुर्लाकोटी निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का उम्मेदवार बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

    images

    उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका  प्रकाश चन्‍द्र दवाडी ११ हजार ७०० मत प्राप्त गरेका छन्। दवाडी नेपाली काँग्रेसका उम्मेदवार हुन्।त्यस्तै नेपाली कम्युनिष्ट पार्टी तर्फबाट लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरेका छन्।

    images
    images
    images

    यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)(एमाले) तर्फबाट उम्मेदवार बनेका  मिलन गुरुङ्गले ३ हजार ८७ मत प्राप्त गरेका छन्।निर्वाचन परिणामअनुसार गोरखा–२ मा रास्वपाका बुर्लाकोटीले स्पष्ट मतान्तरसहित विजय हासिल गरेका छन्। उनको विजयसँगै गोरखा क्षेत्रमा रास्वपाको प्रभाव थप बलियो बनेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

    प्रकाशित मिति :फाल्गुण २५, २०८२ सोमवार - १०:५८:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको