Logo

बुधवार, कार्तिक १२ गते २०८३

अब गोरखा क्षेत्र १ को सहित तीन क्षेत्रको  अन्तिम मत परिणाम आउँन बाँकी

अब गोरखा क्षेत्र १ को सहित तीन क्षेत्रको  अन्तिम मत परिणाम आउँन बाँकी

जोईन खबर

२५, फाल्गुण २०८२
  • 427
    SHARES
  • अब गोरखा क्षेत्र १ को सहित तीन क्षेत्रको  अन्तिम मत परिणाम आउँन बाँकी

    २५ फागुन काठमाडौँ । १६५ निर्वाचन क्षेत्रमध्ये अब तीन क्षेत्रको मात्रै अन्तिम मत परिणाम आउँन बाँकी छ। अब गोरखा क्षेत्र नम्बर १, संखुवासभा क्षेत्र नम्बर १ र इलाम क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम आउँन बाँकी छ। गोरखा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङ २४ हजार ५१ मतसहित अग्र स्थानमा छन् । कांग्रेसका प्रमकुमार खत्री १३ हजार ५११ सहित दोस्रो स्थानमा छन्।

    images

    संखुवासभा १ मा नेकपा (एमाले)का अर्जुन कुमार कार्की ११ हजार ७६९ मतसहित अग्रता लिएका छन् । उनलाई रास्वपाका मिङमा शेर्पाले १० हजार ७६६ मतसहित पछ्याइरहेका छन्।

    images
    images
    images

    इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई १२ हजार ५२१ मत प्राप्त गर्दै अग्र स्थानमा रहँदा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बु ११ हजार ७७८ मत ल्याएका छन्।

     

    प्रकाशित मिति :फाल्गुण २५, २०८२ सोमवार - १३:२०:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको