Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा–१ मा रास्वपाका सुदन गुरुङ विजयी, कांग्रेसका खत्री दोस्रो

गोरखा–१ मा रास्वपाका सुदन गुरुङ विजयी, कांग्रेसका खत्री दोस्रो

जोईन खबर

२५, फाल्गुण २०८२
  • 436
    SHARES
  • गोरखा–१ मा रास्वपाका सुदन गुरुङ विजयी, कांग्रेसका खत्री दोस्रो

    २५ फागुन काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि सम्पन्न निर्वाचनमा गोरखा क्षेत्र नम्बर–१ बाट सुधन गुरुङ  विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गुरुङले २६ हजार ५२२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

    images

    उनका निकटतम प्रतिस्पर्धी प्रेम कुमार खत्री ले १४ हजार ३७९ मत प्राप्त गरेका छन्। खत्री  नेपाली काँग्रेस का उम्मेदवार हुन्।यसैगरी नेपाली कम्युनिष्ट पार्टी का तर्फबाट हरि राज अधिकारीले १० हजार ५८९ मत प्राप्त गरेका छन्।त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)(एमाले) का तर्फबाट  राम चन्द्र लामिछानेले ३ हजार ४१७ मत प्राप्त गरेका छन्।

    images
    images
    images

    अन्य उम्मेदवारहरूमा  उज्यालो नेपाल पार्टीबाट रामकाजी राना मगर २९७ मत, केदार मणी खनाल राष्ट्रिय प्रजातन्त्र पार्टी बाट २१८ मत तथा जित बहादुर घले संयुक्त नागरिक पार्टीबाट १५८ मत प्राप्त गरेका छन्।निर्वाचन परिणामअनुसार गोरखा–१ मा रास्वपाका गुरुङले स्पष्ट मतान्तरसहित विजय हासिल गरेका छन्। यस नतिजासँगै गोरखा जिल्लामा रास्वपाको प्रभाव थप बलियो बनेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

    प्रकाशित मिति :फाल्गुण २५, २०८२ सोमवार - १५:१५:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको