Logo

बुधवार, कार्तिक १२ गते २०८३

चुनाव परिणामको पर्खाइमा निर्णय नगर्न सचिवहरूलाई डा स्वर्णिम वाग्लेको आग्रह

चुनाव परिणामको पर्खाइमा निर्णय नगर्न सचिवहरूलाई डा स्वर्णिम वाग्लेको आग्रह

जोईन खबर

२५, फाल्गुण २०८२
  • 586
    SHARES
  • चुनाव परिणामको पर्खाइमा निर्णय नगर्न सचिवहरूलाई डा स्वर्णिम वाग्लेको आग्रह


    २५ फागुन काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले मन्त्रालयका सचिवहरूलाई फोन गरेर कुनै पनि महत्त्वपूर्ण निर्णय गर्न हतार नगर्न आग्रह गरेका छन्। स्रोतका अनुसार उनले चुनावको परिणाम आउँदै गरेको अवस्थामा दूरगामी प्रभाव पार्ने निर्णयहरू नगर्न मुख्यसचिवसहित विभिन्न मन्त्रालयका सचिवहरूलाई टेलिफोनमार्फत सचेत गराएका हुन्।

    images

    राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिका उपसभापति वाग्लेले प्रशासनिक तहमा हुने निर्णयहरूले दीर्घकालीन असर पार्न सक्ने भएकाले परिणाम सार्वजनिक नभएसम्म संयमित हुन सुझाव दिएका बताइएको छ। उनले विशेषगरी नीति परिवर्तन, ठूलो आर्थिक दायित्व पर्ने योजना स्वीकृति तथा महत्त्वपूर्ण प्रशासनिक सरुवा–बढुवाजस्ता निर्णयहरू रोक्न आग्रह गरेको स्रोतले जनाएको छ।

    images
    images
    images

    स्रोतका अनुसार उनले निर्वाचनको परिणामपछि राजनीतिक अवस्था स्पष्ट हुने भएकाले त्यसपछि मात्र आवश्यक निर्णय गर्न उपयुक्त हुने धारणा व्यक्त गरेका छन्। हाल सरकार र प्रशासनिक संयन्त्रले नियमित कामकाज भने यथावत् रूपमा अघि बढाउनुपर्ने तर दीर्घकालीन प्रभाव पर्ने विषयमा हतार नगर्न उनले सुझाएको बताइएको छ।

    यस विषयमा डा। वाग्ले स्वयंले औपचारिक प्रतिक्रिया दिएका छैनन्। तर उनको फोनपछि केही मन्त्रालयमा उच्चस्तरीय निर्णयहरू रोक्ने विषयमा आन्तरिक छलफल भइरहेको स्रोतले जनाएको छ।

    हाल चुनावको मतगणना जारी रहेकाले राजनीतिक वृत्तमा आगामी शक्ति सन्तुलनबारे चासो बढेको छ। यस्तो अवस्थामा प्रशासनिक निर्णयहरूबारे पनि सावधानी अपनाउनुपर्ने बहस सुरु भएको छ।

    प्रकाशित मिति :फाल्गुण २५, २०८२ सोमवार - १६:२८:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको