Logo

बुधवार, कार्तिक १२ गते २०८३

सांसद जितेका महावीर पुन फेरि सडकमा किताब बेच्दै, जनताले असन्तुष्टि जनाए

सांसद जितेका महावीर पुन फेरि सडकमा किताब बेच्दै, जनताले असन्तुष्टि जनाए

जोईन खबर

२६, फाल्गुण २०८२
  • 481
    SHARES
  • सांसद जितेका महावीर पुन फेरि सडकमा किताब बेच्दै, जनताले असन्तुष्टि जनाए

    २६ फागुन काठमाडौं । हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महावीर पुन फेरि सडकमा उत्रिएर आफ्नो पुस्तक बिक्री गर्न थालेपछि सामाजिक सञ्जालदेखि सार्वजनिक स्थलसम्म मिश्रित प्रतिक्रिया देखिएको छ। केही सर्वसाधारणले उनको अभियानको समर्थन गरे पनि केहीले भने सांसद बनेपछि पनि सडकमा किताब बेच्नु उपयुक्त नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

    images

    पोखराका विभिन्न स्थानमा पुस्तक बिक्री गर्दै हिँडेका पुनलाई केही स्थानमा स्थानीयले प्रश्नसमेत गरेका थिए। “सांसद भएपछि अब संसदमा काम गर्नुपर्छ, किन फेरि सडकमा किताब बेच्नुपर्‍यो” भन्दै केहीले आलोचना गरेका थिए। घटनास्थलमा उपस्थित केही व्यक्तिहरूले असन्तुष्टि जनाउँदै अपमानजनक व्यवहार गरेको समेत बताइएको छ।

    images
    images
    images

    पुन भने आफ्नो अभियान कुनै व्यक्तिगत फाइदाका लागि नभई कृषि तथा प्रविधि विकासका योजनाका लागि सहयोग जुटाउन गरिएको बताउँछन्। उनले पुस्तक बिक्रीबाट उठेको रकम नेपालमा कृषि औजार उत्पादन गर्ने परियोजनामा लगानी गर्ने योजना रहेको बताएका छन्।

    पुन लामो समयदेखि ग्रामीण क्षेत्रमा प्रविधि विस्तार, अनुसन्धान र नवप्रवर्तनका अभियानमा सक्रिय रहँदै आएका छन्। विशेषगरी ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तार तथा नवप्रवर्तन केन्द्र स्थापना गरेर उनले अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा कमाएका थिए।

    यसैबीच सांसद बनेपछि पनि उनको पुरानै अभियान जारी राख्ने निर्णयले समाजमा बहस सिर्जना गरेको छ। केहीले यसलाई सरल जीवनशैली र सामाजिक अभियानको निरन्तरता भन्दै समर्थन गरेका छन् भने केहीले सांसदको जिम्मेवारीसँग मेल नखाने गतिविधि भएको भन्दै आलोचना गरेका छन्।राजनीतिक विश्लेषकहरूका अनुसार जनप्रतिनिधिले सामाजिक अभियान चलाउनु असामान्य नभए पनि जनअपेक्षा र सार्वजनिक छविका कारण यस्ता गतिविधि बहसको विषय बन्ने गरेका छन्।

    प्रकाशित मिति :फाल्गुण २६, २०८२ मंगलवार - १०:२३:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको