Logo

बुधवार, कार्तिक १२ गते २०८३

सांसद आइसके तर भवन छैन स् सिंहदरबारमा चटारो, संसद भवन तयार पार्न दौडधुप

सांसद आइसके तर भवन छैन स् सिंहदरबारमा चटारो, संसद भवन तयार पार्न दौडधुप

जोईन खबर

२७, फाल्गुण २०८२
  • 436
    SHARES
  • सांसद आइसके तर भवन छैन स् सिंहदरबारमा चटारो, संसद भवन तयार पार्न दौडधुप

    २७ फागुन काठमाडौं । नयाँ निर्वाचित सांसदहरू काठमाडौं आउन थालेपछि संसद सञ्चालनका लागि आवश्यक भवन व्यवस्थापन गर्न सरकारलाई हतारो परेको छ। संसद बैठक बस्ने भवन पूर्ण रूपमा तयारी नभएकाले अहिले सिंहदरबार आसपास चहलपहल बढेको छ भने कर्मचारी र कामदारहरूलाई खानेसमेत फुर्सद नभएको अवस्था देखिएको छ।

    images

    नयाँ प्रतिनिधिसभा गठन भएसँगै संसद बैठक छिट्टै बोलाउने तयारी भइरहेको छ। तर बैठक बस्ने मुख्य हल र आवश्यक संरचना अझै पूर्ण रूपमा तयार नभएकाले सम्बन्धित निकायहरू तीव्र गतिमा काम गरिरहेका छन्।

    images
    images
    images

    स्रोतका अनुसार भवन भित्रका फर्निचर व्यवस्थापन, ध्वनि प्रणाली जडान, बैठक कक्ष सफाइ तथा अन्य प्राविधिक कामहरू दिन–रात गरेर भइरहेको छ। काम चाँडो सक्न कर्मचारी र कामदारहरू निरन्तर खटिएका छन्। कतिपय कामदारले त लगातार काम गर्नुपरेकाले खानसमेत राम्रोसँग खान नपाएको बताएका छन्।

    संसद सचिवालयका कर्मचारीहरू पनि सांसदहरूका लागि आवश्यक कार्यकक्ष, बैठक व्यवस्था र प्रशासनिक तयारी मिलाउन व्यस्त छन्। सांसदहरू क्रमशः काठमाडौं आइरहेका कारण तयारीमा थप चटारो बढेको बताइएको छ।सरकारले संसद बैठक छिट्टै बोलाउने तयारी गरेकाले भवनको काम सकेर सबै व्यवस्थापन मिलाउन अहिले सिंहदरबार क्षेत्रमा दौडधुप बढेको देखिन्छ। सम्बन्धित अधिकारीहरूले भने केही दिनभित्र सबै तयारी पूरा गरेर संसद बैठक सञ्चालन हुने वातावरण बनाइने बताएका छन्।

    प्रकाशित मिति :फाल्गुण २७, २०८२ बुधवार - १२:३५:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको