२७ फागुन काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनपछि जारी मतगणना अन्तर्गत गोरखा–१ र इलाम–१ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार मतगणना सकिएपछि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा अन्तिम विवरण आउने क्रम अझै जारी रहेको छ।
सबै विवरण प्राप्त भएपछि औपचारिक रूपमा परिणाम सार्वजनिक गरिने आयोगले जनाएको छ।समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै अब राजनीतिक दलहरूले पाउने सिट सङ्ख्या निर्धारण गर्ने प्रक्रिया सुरु भएको आयोगले जानकारी दिएको छ। आयोगका अनुसार केही दिनभित्रै यो प्रक्रिया पूरा हुने अपेक्षा गरिएको छ।
बुधबार बिहान ११ बजेसम्मको विवरण अनुसार समानुपातिक निर्वाचनतर्फ कुल एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको छ। गणना गरिएको मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार दुई सय ३५ मतसहित अग्रस्थानमा रहेको छ।त्यसैगरी नेपाली कांग्रेसले १७ लाख ४९ हजार पाँच सय ८३ मत प्राप्त गरेको छ भने नेकपा ९एमाले० ले १४ लाख ४८ हजार आठ सय ५४ मत हासिल गरेको छ। नेपाली कम्युनिष्ट पार्टीले आठ लाख पाँच हजार सात सय ७३ मत पाएको छ।
यसैगरी श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार छ सय ४९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार चार सय ७२ मत प्राप्त गरेका छन्। अन्य दलहरू भने थ्रेसहोल्ड कटाउने अवस्थामा नदेखिएको आयोगले जनाएको छ।निर्वाचन आयोगले समानुपातिक प्रणाली अन्तर्गत प्राप्त मतको आधारमा प्रतिनिधिसभामा दलहरूले पाउने सिट सङ्ख्या निर्धारण गरी छिट्टै सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।