Logo

बुधवार, कार्तिक १२ गते २०८३

रुवी भ्याली गाउँपालिकाले डढेलो नियन्त्रण गर्न सर्वसाधारणलाई आग्रह

रुवी भ्याली गाउँपालिकाले डढेलो नियन्त्रण गर्न सर्वसाधारणलाई आग्रह

जोईन खबर

३, चैत्र २०८२
  • 568
    SHARES
  • रुवी भ्याली गाउँपालिकाले डढेलो नियन्त्रण गर्न सर्वसाधारणलाई आग्रह

    २ चैत काठमाडौँ । रुवी भ्याली गाउँपालिकाले सुख्खायाम तथा खडेरीको मौसममा वन डढेलोको जोखिम बढ्ने भएकाले सबैलाई सचेत रहन र डढेलो नियन्त्रणमा सहयोग गर्न अनुरोध गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै यस अवधिमा अकस्मात् लाग्ने वा लगाइने डढेलोले वन पैदावार, वन्यजन्तु तथा पक्षीलाई ठूलो हानी नोक्सानी पुर्‍याउने र समग्र वातावरणमा नकारात्मक असर पार्ने जनाएको छ।

    images

    गाउँपालिकाले सुख्खायाम तथा हावाहुरी चल्ने समयमा गाउँघर वरिपरिका वन क्षेत्रलाई डढेलोबाट जोगाउन सबैलाई सजग रहन आग्रह गरेको छ। यसले जैविक तथा पारिस्थितिकीय प्रणालीको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने पनि सूचनामा उल्लेख गरिएको छ।

    images
    images
    images

    यदाकदा डढेलो लागेमा वन उपभोक्ता समूह तथा स्थानीयवासीले मिलेर तत्काल नजिकको वन कार्यालय र सुरक्षा निकायलाई जानकारी गराउन गाउँपालिकाले आग्रह गरेको छ। उपलब्ध स्रोत र साधन प्रयोग गरी सम्बन्धित सबै पक्षसँग सहकार्य गर्दै वन डढेलो नियन्त्रण गर्न र निभाउन सक्रियता देखाउन पनि अपिल गरिएको छ। 

     डिभिजन वन कार्यालयको तथ्यांक अनुसार सुख्खा मौसम सुरु भएपछि यस वर्ष मात्रै जिल्लाको पाँच वटा सामुदायिक वनमा डढेलो लागिसकेको छ । गत वर्ष २३ वटा वनमा डढेलो लागेको थियो । तर, वन कार्यालयको तथ्यांकका वन डढेलोको रेकर्ड थोरै देखिएपनि गत वर्ष जिल्लाको अधिकाँश वनमा डढेलो लागेको थियो ।

    हुन त वनमा डढेलो लगाउनेलाई वन ऐन बमोजिम कडा कारबाही गर्न सकिने व्यवस्था छ । तर, कारबाही भएको पाईदैन । डिभिजन वन कार्यालय प्रमुख पोखरेलले भन्नुहुन्छ, “वनमा डढेलो लगाउने वा लगाउन दुरुत्साहन गर्ने जोकोहीलाई वन ऐन बमोजिम कडा कारबाही गरिन्छ। गाउँपालिकाले डढेलो लगाउनु कानुनी अपराध भएको स्पष्ट पार्दै यस्तो कार्य गर्ने वा गराउनेलाई वन ऐनअनुसार विगो असुल गरी १० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ।

    प्रकाशित मिति :चैत्र ३, २०८२ मंगलवार - १६:३८:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको