Logo

बुधवार, कार्तिक १२ गते २०८३

नगरकोट जाने बाटोमा भ्लगरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

नगरकोट जाने बाटोमा भ्लगरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

जोईन खबर

५, चैत्र २०८२
  • 538
    SHARES
  • नगरकोट जाने बाटोमा भ्लगरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ


    ५ चैत काठमाडौं — नगरकोट जाने बाटोमा दुई जना भ्लगरहरूमाथि कुटपिट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले घटनामा संलग्न व्यक्तिलाई बिहीबार नियन्त्रणमा लिएको हो।

    images

    प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६, नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ रहेका छन्। केही दिनअघि नगरकोट जाने क्रममा उनले दुई युवकहरूमाथि कुटपिट गरेका थिए।

    images
    images
    images

    उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले आरोपितको खोजी तीव्र पारेको थियो। सोही क्रममा अनुसन्धान टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो।

    प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन्।केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए। कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसपछि प्रहरीले खोजी सुरू गरेको थियो। त्यसै क्रममा बिहीबार उनी पक्राउ परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :चैत्र ५, २०८२ बिहिवार - १७:१४:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको