Logo

बुधवार, कार्तिक १२ गते २०८३

मनाङको नार्पा भूमिमा कमजोर टेलिफोन र इन्टरनेट सेवाले सरकारी कामकाज ठप्प

मनाङको नार्पा भूमिमा कमजोर टेलिफोन र इन्टरनेट सेवाले सरकारी कामकाज ठप्प

जोईन खबर

१२, चैत्र २०८२
  • 1.0K
    SHARES
  • मनाङको नार्पा भूमिमा कमजोर टेलिफोन र इन्टरनेट सेवाले सरकारी कामकाज ठप्प

    १२ चैत काठमाडौँ । मनाङको हिमाली क्षेत्रस्थित नार्पा भूमि गाउँपालिकामा टेलिफोन नेटवर्क र इन्टरनेट सेवाको कमजोर अवस्थाका कारण सरकारी सेवा प्रभावहीन बनेको छ। गाउँपालिकाले समस्या समाधानका लागि तत्काल पहल गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (हेलो सरकार) लाई मंगलबार पत्राचार गर्दै आग्रह  समेत गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताउनु भयो । 

    images

    गाउँपालिकाका अनुसार वडा नं १ को नार गाउँ र वडा नं ५ को फू गाउँमा नेपाल टेलिकमका टावरहरू स्थापना गरिए पनि सेवा स्थिर र गुणस्तरीय नभएकाले पटक–पटक अवरुद्ध हुने समस्या रहेको छ। साथै, गाउँपालिका केन्द्र च्याँखुसहित अन्य बस्तीहरूमा नेटवर्कको पहुँच नै नहुँदा दैनिक कामकाज र सूचना आदानप्रदानमा गम्भीर समस्या देखिएको छ।

    images
    images
    images

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील लम्सालले कमजोर सञ्चार सेवाका कारण प्रशासनिक कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिएको गुनासो गरे। उनका अनुसार गाउँपालिकाले सूचना तथा सञ्चार प्रविधिमा आधारित सेवा सञ्चालन गर्ने उद्देश्यले चितवनको भरतपुर महानगरपालिका–४ मा रहेको टेकमाइन्ड्स नेटवर्क प्रालिसँग इन्टरनेट सेवा उपलब्ध गराउने सम्झौता गरेको थियो। तर, उक्त सेवा पनि भरपर्दो नभई मिनेट–मिनेटमा अवरोध हुने भएकाले सञ्चालनभन्दा मर्मतमा बढी समय खर्च भइरहेको छ।

    मोबाइल नेटवर्कको अभाव र इन्टरनेट सेवाको कमजोरीका कारण सरकारी सेवा प्रवाहका लागि सञ्चालन गरिएका अनलाइन प्रणालीहरू प्रभावकारी रूपमा चल्न सकेका छैनन्। अनलाइन प्रणालीमा डाटा प्रविष्ट गर्न नसकिएको र सेवाग्राहीलाई समयमै सेवा दिन समस्या भएको गाउँपालिकाले जनाएको छ।

     

    प्रकाशित मिति :चैत्र १२, २०८२ बिहिवार - १५:२४:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको