१३ चैत काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको नयाँ सरकारमा गोरखाबाट गृहमन्त्री सुदन गुरुङ र गृहसचिवमा राज कुमार श्रेष्ठ दुवै पदमा प्रतिनिधित्व भएको छन्।
नयाँ सरकारमा गोरखाका सुदन गुरूङ गृहमन्त्री नियुक्त भएका छन् । भने राज कुमार श्रेष्ठ गृहसचिवको जिम्मेवारीमा रहेका छन्। गृहसचिव श्रेष्ठ भने यो सरकार गठन हुनु अघि नै उक्त पदमा नियुक्त भइसकेका हुन्।
गृहमन्त्री गुरूङ उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका स्थानीय बासिन्दा हुन्। त्यस्तै, गृहसचिव श्रेष्ठ गोरखाकै बारपाक सुलिकोट गाउँपालिका–सौरपानीका स्थानीय बासीन्दा हुन्।
गोरखाबाट एकैपटक देशको आन्तरिक सुरक्षा र प्रशासनसँग सम्बन्धित दुई महत्वपूर्ण पदमा प्रतिनिधित्व हुनु स्थानीयवासीका लागि गर्वको विषय बनेको छ। यसले गोरखाको राजनीतिक तथा प्रशासनिक प्रभावलाई समेत सुदृढ बनाएको विश्लेषण गरिएको छ।
स्थानीय स्तरमा समेत यी दुई पदाधिकारीबाट गोरखाको विकास, शान्ति सुरक्षा र सुशासनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।