Logo

बुधवार, कार्तिक १२ गते २०८३

कार्की आयोगको प्रतिवेदन कार्यान्वयनपछि गृहमन्त्री गुरुङद्वारा सुरक्षा प्रमुखहरूसँग गोप्य छलफल

कार्की आयोगको प्रतिवेदन कार्यान्वयनपछि गृहमन्त्री गुरुङद्वारा सुरक्षा प्रमुखहरूसँग गोप्य छलफल

जोईन खबर

१३, चैत्र २०८२
  • 802
    SHARES
  • कार्की आयोगको प्रतिवेदन कार्यान्वयनपछि गृहमन्त्री गुरुङद्वारा सुरक्षा प्रमुखहरूसँग गोप्य छलफल

    १३ चैत काठमाडौं । आजै गृहमन्त्री नियुक्ती भएका सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रमुखसँग महत्वपूर्ण छलफल गरेका छन्। शुक्रबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याललाई बोलाएर करिब डेढ घण्टा छलफल गरेका हुन्।

    images

    छलफलको आधिकारिक एजेण्डा सार्वजनिक गरिएको छैन। तर, सोही दिन मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की जाँचबुझ आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि उक्त भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    images
    images
    images

    स्रोतका अनुसार, आयोगको प्रतिवेदन कार्यान्वयनसँग सम्बन्धित सुरक्षा, कानूनी प्रक्रिया र सम्भावित कदमहरूबारे गृहमन्त्री गुरुङले सुरक्षा प्रमुखहरूसँग परामर्श गरेका हुन्।

    कार्की आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लगायत व्यक्तिहरूलाई फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरिएको छ।

    यसै सन्दर्भमा गृहमन्त्री र सुरक्षा निकायबीच भएको छलफलले आगामी दिनमा कानूनी कारबाही प्रक्रिया अघि बढ्ने संकेत दिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

    प्रकाशित मिति :चैत्र १३, २०८२ शुक्रवार - २२:०१:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको