Logo

बुधवार, कार्तिक १२ गते २०८३

सिप्चेतमा 4G टावर निर्माण सुरु हुने, दुर्गम क्षेत्रमा सञ्चार सेवा सुधार हुने अपेक्षा

सिप्चेतमा 4G टावर निर्माण सुरु हुने, दुर्गम क्षेत्रमा सञ्चार सेवा सुधार हुने अपेक्षा

जोईन खबर

१६, चैत्र २०८२
  • 538
    SHARES
  • सिप्चेतमा 4G टावर निर्माण सुरु हुने, दुर्गम क्षेत्रमा सञ्चार सेवा सुधार हुने अपेक्षा

    १६ चैत काठमाडौँ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ सिप्चेतमा मोबाइल सेवा विस्तारका लागि  4G टावर निर्माणको काम सुरु हुने भएको छ। टावर निर्माणका लागि आवश्यक सामग्री हालै सिप्चेतमा पुर्‍याइएको छ।

    images

    दुर्गम क्षेत्रमा सञ्चार सेवा सुधार गर्ने उद्देश्यले निर्माण हुन लागेको उक्त 4G टावरबाट स्थानीय बासिन्दाले सहज रूपमा मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्न पाउने अपेक्षा गरिएको छ। हालसम्म कमजोर रहेको नेटवर्क समस्यालाई यस टावरले धेरै हदसम्म समाधान गर्ने विश्वास गरिएको छ।

    images
    images
    images

    गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार सिप्चेतमा देखिएको सञ्चार समस्यालाई समाधान गर्न लामो समयदेखि पहल हुँदै आएको थियो। उनले निरन्तर समन्वय र प्रयासपछि टावर निर्माण प्रक्रिया अघि बढेको जानकारी दिए। निर्माण कार्य सुरु हुन लागेकोमा उनले खुसी व्यक्त गर्दै यो स्थानीयका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।

    टावर निर्माण सम्पन्न भएपछि सूचना प्रवाह, शिक्षा, स्वास्थ्य सेवा, व्यापारिक गतिविधि तथा आपतकालीन सूचना आदानप्रदानमा ठूलो सहजता आउने स्थानीयको अपेक्षा छ। यसले समग्रमा सिप्चेत लगायत आसपासका क्षेत्रको जीवनस्तर सुधार गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

    प्रकाशित मिति :चैत्र १६, २०८२ सोमवार - १५:०३:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको