Logo

बुधवार, कार्तिक १२ गते २०८३

 वरिष्ठ पत्रकार झाले (रासस)को कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिए

 वरिष्ठ पत्रकार झाले (रासस)को कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिए

जोईन खबर

१६, चैत्र २०८२
  • 484
    SHARES
  •  वरिष्ठ पत्रकार झाले (रासस)को कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिए

    १६ चैत काठमाडौँ । वरिष्ठ पत्रकार धमेन्द्र झाले राष्ट्रिय समाचार समिति(रासस)को कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिएका छन् । कार्यकारी अध्यक्ष झाले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनालाई आफ्नो राजीनामापत्र बुझाएका हुन् ।

    images

    राजीनामा पत्रमा नेपाल सरकारको निर्णयबमोजिम आफू राससको कार्यकारी अध्यक्ष पदमा नियुक्त भएको उल्लेख गर्दै झाले कार्यकालमा आफूले संस्थाको सवोत्तम हितमा काम गरेको बताएका छन् । म उक्त पदमा नियुक्त भएपछिका दिनमा मेरो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पत्रकारिताको मूल्य–मान्यताको अनुशरण गर्दै राससको सर्वोत्तम हित प्रवर्द्धनका दिशामा कृयाशील रहँदै आएको छु,’ राजीनामा पत्रमा उनले भनेका छन् ।

    images
    images
    images

    नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्यसञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु र सरकारको सफलताको कामना गर्दछु,’ झाले राजीनामा पत्रमा लेखेका छन् । 

     

    प्रकाशित मिति :चैत्र १६, २०८२ सोमवार - १६:१०:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको