Logo

बुधवार, कार्तिक १२ गते २०८३

यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ, सेवाग्राहीलाई दुःख दिएको आरोप

यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ, सेवाग्राहीलाई दुःख दिएको आरोप

जोईन खबर

१७, चैत्र २०८२
  • 604
    SHARES
  • यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ, सेवाग्राहीलाई दुःख दिएको आरोप

    १७ चैत काठमाडौँ । यातायात व्यवस्था कार्यालय एकान्तकुना क्षेत्रबाट १५ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटो को संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    images

    प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले सेवाग्राहीहरूलाई अनावश्यक झन्झट सिर्जना गर्ने, छिटो काम गरिदिने भन्दै पैसा असुल्ने तथा दुःख दिने जस्ता गतिविधिमा संलग्न रहेको पाइएको छ। यातायात सम्बन्धी सेवा लिन आउने नागरिकहरूलाई लक्षित गर्दै उनीहरूले लामो समयदेखि यस्तो कार्य गर्दै आएको प्रहरीको भनाइ छ।

    images
    images
    images

    विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कार्यालय परिसर र वरपरबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

    प्रहरीले सेवाग्राहीहरूलाई यस्ता बिचौलियाको प्रलोभनमा नपर्न र कुनै समस्या परेमा सिधै सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ। साथै, सार्वजनिक सेवा दिने स्थानहरूमा हुने यस्ता गतिविधि नियन्त्रणका लागि निरन्तर निगरानी र कारबाहीलाई तीव्र बनाइने पनि जनाएको छ।यस घटनाले सार्वजनिक सेवा प्रवाहमा देखिने बिचौलिया समस्यालाई फेरि एकपटक उजागर गरेको छ। प्रहरीले यस्ता अवैध गतिविधि नियन्त्रणका लागि कडाइ गर्ने बताएको छ।

    प्रकाशित मिति :चैत्र १७, २०८२ मंगलवार - ११:३५:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको