Logo

बुधवार, कार्तिक १२ गते २०८३

दिउँसै मापसे चेकिङ कडाइ, १६ चालक कारबाहीमा, स्कुल बस चालकसमेत पक्राउ

दिउँसै मापसे चेकिङ कडाइ, १६ चालक कारबाहीमा, स्कुल बस चालकसमेत पक्राउ

जोईन खबर

१८, चैत्र २०८२
  • 481
    SHARES
  • दिउँसै मापसे चेकिङ कडाइ, १६ चालक कारबाहीमा, स्कुल बस चालकसमेत पक्राउ

    १८ चैत काठमाडौं । सवारी चालकले दिउँसै मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउन थालेको गुनासो बढेपछि ट्राफिक प्रहरीले अब दिनको समयमा पनि कडाइका साथ चेकिङ सुरु गरेको छ।यसअघि ट्राफिक प्रहरीले प्रायः राति करिब ८ बजेपछि मात्रै मापसे चेकिङ गर्दै आएको थियो। तर पछिल्लो समय दिउँसै मापसे गरेर सवारी चलाउने घटना बढ्न थालेपछि दिउँसो पनि नियमित चेकिङ सुरु गरिएको हो।

    images

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका एसएसपी नवराज अधिकारीका अनुसार जनस्तरबाट गुनासो आउन थालेपछि यस्तो कदम चालिएको हो। “दिउँसै मापसे गरेर सवारी चलाउने प्रवृत्ति बढेको देखिएपछि हामीले दिनको समयमा पनि चेकिङ कडाइ गरेका छौँ,” उनले बताए।

    images
    images
    images

    बुधबार गरिएको चेकिङमा मात्रै १६ जना चालक कारबाहीमा परेका छन्। मापसे गरेर सवारी चलाउने ती चालकलाई सवारीसहित रामशाहपथस्थित ट्राफिक कार्यालयमा ल्याइएको छ। त्यसपछि उनीहरूलाई थप कारबाहीका लागि सम्बन्धित प्रहरी युनिटमा पठाइने जनाइएको छ।

    यसअघि मापसेमा समातिएका चालकलाई सामान्य जरिवाना (चिट) काटेर छाड्ने प्रचलन थियो। तर अहिले भने ट्राफिक प्रहरीले कडाइ गर्दै चालकलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउन थालेको छ।

    कारबाहीमा परेकामध्ये स्कुल बस चालक, सार्वजनिक बस चालक तथा माइक्रोबस चालकसमेत रहेको ट्राफिक प्रहरीले जनाएको छ। यसले यात्रु सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। ट्राफिक प्रहरीले चालकहरूलाई मादक पदार्थ सेवन नगरी सवारी चलाउन आग्रह गर्दै नियम उल्लंघन गरे कडा कारबाही गरिने चेतावनी दिएको छ।

    प्रकाशित मिति :चैत्र १८, २०८२ बुधवार - १६:४१:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको