Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रलोपा अध्यक्ष परिषद्का सदस्य सुदन किरातीको राजीनामा, स्वीकृति बाँकी

प्रलोपा अध्यक्ष परिषद्का सदस्य सुदन किरातीको राजीनामा, स्वीकृति बाँकी

जोईन खबर

१९, चैत्र २०८२
  • 313
    SHARES
  • प्रलोपा अध्यक्ष परिषद्का सदस्य सुदन किरातीको राजीनामा, स्वीकृति बाँकी


    १९ चैत काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद्का सदस्य तथा पूर्वमन्त्री सुदन किरातीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमै औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।

    images

    पार्टी स्रोतका अनुसार किरातीले राजीनामा दिएको पुष्टि भए पनि हालसम्म उक्त राजीनामा स्वीकृत भने भइसकेको छैन। यसबारे पार्टीभित्र छलफल जारी रहेको जनाइएको छ।

    images
    images
    images

    किराती तत्कालीन नेकपा माओवादी केन्द्रबाट राजनीति गर्दै आएका नेता हुन्। पछि नेकपा एकीकृत समाजवादीसहितका दलहरूसँग एकता प्रक्रिया अघि बढेपछि उनले माओवादी केन्द्र परित्याग गरी प्रलोपामा प्रवेश गरेका थिए।

    उनको राजीनामाको कारण भने खुलेको छैन। पार्टीभित्रको आन्तरिक समीकरण वा व्यक्तिगत कारणमध्ये कुन पक्ष प्रभावकारी भयो भन्नेबारे आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन।

    यस घटनाले प्रलोपाको आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ।

    प्रकाशित मिति :चैत्र १९, २०८२ बिहिवार - १०:४२:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको