Logo

बुधवार, कार्तिक १२ गते २०८३

गृहमन्त्री सुदन गुरुङको निर्देशनपछि उपत्यकामा गुन्डागर्दीविरुद्ध विशेष अपरेसन, १८ जना पक्राउ

गृहमन्त्री सुदन गुरुङको निर्देशनपछि उपत्यकामा गुन्डागर्दीविरुद्ध विशेष अपरेसन, १८ जना पक्राउ

जोईन खबर

२१, चैत्र २०८२
  • 520
    SHARES
  • गृहमन्त्री सुदन गुरुङको निर्देशनपछि उपत्यकामा गुन्डागर्दीविरुद्ध विशेष अपरेसन, १८ जना पक्राउ

    २१ चैत काठमाडौं — नयाँ सरकारका गृहमन्त्री सुदन गुरुङको निर्देशनपछि काठमाडौं उपत्यकामा प्रहरीले गुन्डागर्दीविरुद्ध विशेष अपरेसन सञ्चालन गरेको छ। सोही क्रममा शुक्रबार मध्यरातमा विभिन्न स्थानबाट १८ जना गुन्डागर्दीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको नेपाल प्रहरी ले जनाएको छ।

    images

    प्रहरीका अनुसार पक्राउ परेकामध्ये केही चिनिएका व्यक्तिहरू रहेका छन्। जसमा वीण तामाङ ‘डिम्पल’ श्याम लामा समूहसँग आवद्ध भई उपत्यकामा आपराधिक गतिविधिमा संलग्न रहेको आरोप छ। त्यसैगरी बिर्जु महर्जन कलंकी–बाफल क्षेत्रबाट, सुजन कार्की कलंकी बस टिकट काउन्टर तथा पेट्रोल पम्प क्षेत्रबाट पक्राउ परेका हुन्।

    images
    images
    images

    यस्तै, सरू हुमागाईं स्युचाटार क्षेत्रबाट र बिकी लामा बौद्ध क्षेत्रबाट पक्राउ परेका छन्। अन्य पक्राउ परेकाहरूको विवरण भने प्रहरीले क्रमशः सार्वजनिक गर्ने जनाएको छ।

    यससँगै प्रहरीले करिब १०० भन्दा बढी शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर स्क्रिनिङ (जाँच) प्रक्रिया अघि बढाएको जनाएको छ। उपत्यकामा बढ्दो आपराधिक गतिविधिलाई नियन्त्रणमा लिन यो अपरेसन सञ्चालन गरिएको प्रहरीको भनाइ छ।

    प्रहरीले आगामी दिनमा पनि यस्ता विशेष अपरेसनलाई निरन्तरता दिने बताएको छ भने सर्वसाधारणलाई शंकास्पद गतिविधि देखेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।

    प्रकाशित मिति :चैत्र २१, २०८२ शनिवार - २१:४८:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको