Logo

बुधवार, कार्तिक १२ गते २०८३

डिपी अर्यालदेखि सुदन गुरुङसम्म—साधारणता, जिम्मेवारी र काममुखी राजनीतिले नागरिकमा आशा जगायो

डिपी अर्यालदेखि सुदन गुरुङसम्म—साधारणता, जिम्मेवारी र काममुखी राजनीतिले नागरिकमा आशा जगायो

जोईन खबर

२४, चैत्र २०८२
  • 331
    SHARES
  • डिपी अर्यालदेखि सुदन गुरुङसम्म—साधारणता, जिम्मेवारी र काममुखी राजनीतिले नागरिकमा आशा जगायो

    २४ चैत काठमाडौँ । नेताहरूका साना–साना व्यवहार र निर्णयहरूले पनि ठूलो सन्देश दिन सक्ने उदाहरणहरू पछिल्ला दिनमा देखिन थालेका छन्। यस्ता गतिविधिले शासनशैलीमा परिवर्तनको संकेत मात्र होइन, नागरिकमा आशा र विश्वास पनि जगाउन थालेको छ।

    images

    सभामुख डिपी अर्यालले पद सम्हालेपछि देखिएको एउटा सानो तर अर्थपूर्ण परिवर्तन चर्चामा छ। यसअघि सभामुखका लागि भिआइपी सोफा राख्ने प्रचलन थियो, तर उनले त्यो हटाएर अन्य सांसदहरू बस्ने जस्तै साधारण कुर्सी राख्न निर्देशन दिए। बाहिरबाट हेर्दा सामान्य देखिए पनि यसले समानता र सादगीको सन्देश दिएको छ।

    images
    images
    images

    त्यस्तै, मन्त्री पद सम्हालेपछि देखिएको व्यवहारमा पनि परिवर्तन देखिएको छ। विगतमा मन्त्री बनेपछि हुने भव्य स्वागत, अविरमाला, रिवन काट्ने कार्यक्रम र लामो अन्तर्वार्ताको परम्परा यसपटक कम देखिएको छ। यसको सट्टा उनीहरूले गरेका कामहरू नै समाचारमा प्राथमिकताका साथ आएका छन्।अर्थमन्त्रीको रूपमा जिम्मेवारी सम्हालिरहेका बलेन शाह ले अमेरिकामा हुने केही दिनको भ्रमणका लागि स्वीकृति नदिएको खबर पनि सार्वजनिक भएको थियो।

    सय दिनभित्र परिणाम दिनुपर्ने दबाबका बीच अनावश्यक भ्रमणमा समय खर्च गर्नु उपयुक्त नदेखिएको भन्दै मन्त्रीको सट्टा सहसचिवलाई पठाइएको जनाइएको छ।यसैबीच, सुदन गुरुङ को एक व्यवहारले पनि ध्यान खिचेको छ। पाटन अस्पताल अगाडि एक वृद्धमाथि हातपात भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि, उनी कार्यालयबाट फर्कँदै गर्दा ती पीडितलाई भेट्न आफ्नै निवाससम्म पुगेका थिए।यी सबै घटनाहरू हेर्दा साना जस्ता लागे पनि यिनले नेताहरूको आचरण, संवेदनशीलता र जिम्मेवारीबोध झल्काउने काम गरेका छन्।

    विश्लेषकहरूका अनुसार यस्ता व्यवहारले राजनीतिक संस्कारमा सुधारको संकेत दिन्छ। सानो कदमले पनि नागरिकमा सकारात्मक सन्देश दिन सक्छ र दीर्घकालीन रूपमा शासनप्रति विश्वास बढाउन सहयोग पुर्‍याउन सक्छ।यसरी, साना तर अर्थपूर्ण कार्यहरूले परिवर्तनको आभास गराउँदै राजनीतिमा नयाँ संस्कारको सुरुवात हुने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :चैत्र २४, २०८२ मंगलवार - ११:३६:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको