Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा सडक निर्माणमा ढिलाइबारे संसदमा आवाज उठाए सांसद बुर्लाकोटीले

गोरखा सडक निर्माणमा ढिलाइबारे संसदमा आवाज उठाए सांसद बुर्लाकोटीले

जोईन खबर

२४, चैत्र २०८२
  • 1.5K
    SHARES
  • गोरखा सडक निर्माणमा ढिलाइबारे संसदमा आवाज उठाए सांसद  बुर्लाकोटीले

    २४ चैत काठमाडौँ । गोरखा क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कवीन्द्र बुर्लाकोटी ले गोरखाको महत्वपूर्ण सडक आयोजना निर्माणमा भएको ढिलाइबारे संसदमा प्रश्न उठाएका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बाह्र किलो–बारपाक सडक खण्ड सुरु भएको करिब १० वर्ष बितिसक्दा पनि अझैसम्म निर्माण सम्पन्न हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।सांसद बुर्लाकोटीले उक्त सडक गोरखाको दुर्गम क्षेत्रसँग जोडिएको महत्वपूर्ण मार्ग भए पनि निर्माण कार्य अत्यन्त सुस्त गतिमा भइरहेको बताए। “१० वर्षअघि सुरु भएको सडक अझै किन बन्न सकेको छैन ।

    images

    यसको जिम्मेवारी कसले लिने” भन्दै उनले सम्बन्धित निकायसँग स्पष्ट जवाफ माग गरे।उनका अनुसार सडक निर्माणमा ढिलाइ हुँदा स्थानीय बासिन्दा दैनिक आवतजावतमा सास्ती भोग्न बाध्य छन्। साथै, बारपाक जस्तो भूकम्प प्रभावित क्षेत्रसँग जोडिएको मार्ग भएकाले यसको स्तरोन्नति ढिलो हुनु विकासका लागि गम्भीर समस्या भएको उनले उल्लेख गरे।

    images
    images
    images

    सांसद बुर्लाकोटीले बजेट विनियोजन, ठेक्का व्यवस्थापन र कार्यान्वयन पक्षमा देखिएको कमजोरीका कारण आयोजना अलपत्र परेको हुन सक्ने आशंका व्यक्त गर्दै सरकारले शीघ्र काम अगाडि बढाउन आवश्यक पहल गर्नुपर्नेमा जोड दिए।

    उनले सडक निर्माण कार्यलाई तीव्रता दिन, अनुगमन प्रणाली प्रभावकारी बनाउन तथा जिम्मेवार निकायलाई उत्तरदायी बनाउन सरकारसँग माग गरेका छन्।गोरखाको बाह्र किलो–बारपाक सडक खण्ड स्थानीय विकास, पर्यटन प्रवर्द्धन तथा आर्थिक गतिविधि विस्तारका लागि महत्वपूर्ण मानिन्छ। तर लामो समयसम्म निर्माण सम्पन्न हुन नसक्दा यस क्षेत्रका नागरिक प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन्।

    प्रकाशित मिति :चैत्र २४, २०८२ मंगलवार - २२:१५:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको