Logo

बुधवार, कार्तिक १२ गते २०८३

देशभर वर्षा सक्रिय : सुदूरपश्चिममा बढी पानी, काठमाडौंमा अपराह्न वर्षाको सम्भावना

देशभर वर्षा सक्रिय : सुदूरपश्चिममा बढी पानी, काठमाडौंमा अपराह्न वर्षाको सम्भावना

जोईन खबर

२५, चैत्र २०८२
  • 346
    SHARES
  • देशभर वर्षा सक्रिय : सुदूरपश्चिममा बढी पानी, काठमाडौंमा अपराह्न वर्षाको सम्भावना


    २५ चैत काठमाडौँ । देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार वाग्मतीदेखि सुदूरपश्चिम प्रदेशसम्मका विभिन्न क्षेत्रमा वर्षा मापन गरिएको छ।तुलनात्मक रूपमा सुदूरपश्चिम प्रदेशमा बिहान बढी वर्षा भएको छ। विशेषगरी डडेलधुरा मा सबैभन्दा धेरै वर्षा मापन गरिएको छ। बिहान १० बजेसम्म पछिल्लो ६ घण्टामा त्यहाँ १०.२ मिलिमिटर वर्षा भएको मौसमविद्हरूले बताएका छन्।मौसमविद् रोजन लामिछाने का अनुसार अन्य प्रदेशहरूमा पनि वर्षा भइरहेको भए पनि अधिकांश स्थानमा १० मिलिमिटरभन्दा कम मात्र पानी परेको छ। “तुलनात्मक रूपमा पश्चिम क्षेत्रमा बढी वर्षा भइरहेको छ,” उनले बताए।

    images

    उनका अनुसार आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने केही स्थानमा भारी वर्षा पनि हुन सक्छ। विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा तथा कोसी र वाग्मती प्रदेशका पहाडी र हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। मधेस, कोसी र वाग्मतीका तराई क्षेत्रका थोरै स्थानमा पनि यस्तै प्रकृतिको मौसम रहने बताइएको छ।

    images
    images
    images

    काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको छ। तर भारी वर्षाको सम्भावना भने नरहेको मौसमविद् लामिछानेले स्पष्ट पारे। “अपराह्न र साँझपख काठमाडौंमा वर्षा हुनेछ, कतै हल्का र कतै मध्यम वर्षा हुनेछ,” उनले भने।आज रातिसमेत वर्षा जारी रहने र क्रमशः पूर्वतर्फ सर्दै जाने पूर्वानुमान गरिएको छ। कोसी, मधेस र वाग्मती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ भने तराईका केही स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्छ।

    हावाहुरीको सम्भावना पनि रहेकाले सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्। “प्रि–मनसुनको समयमा अपराह्न र साँझ हावाहुरी र मेघगर्जन हुनु सामान्य हो,” लामिछानेले बताए।जलवायुविज्ञ धर्मराज उप्रेती ले पश्चिमी वायुको प्रभावका कारण आज देशभर हल्कादेखि मध्यम वर्षा हुने बताएका छन्। उनले सुदूरपश्चिमका पहाडी क्षेत्रमा भारी वर्षा र असिनापानीको सम्भावना औंल्याएका छन्।

    यस्तै, मौसमविद् विनोद पोखरेल का अनुसार आज र भोलिसम्म देशभर वर्षा जारी रहनेछ र मौसम केही चिसो रहनेछ। साँझ र राति मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको उनले बताएका छन्।हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले यस्तो मौसम विकसित भएको हो। मौसमविद्हरूका अनुसार बिहीबार बिहानदेखि वर्षा क्रमशः कम हुँदै जानेछ भने शुक्रबारबाट मौसममा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :चैत्र २५, २०८२ बुधवार - १२:१४:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको